काठमाडौं। प्रत्येक तीन–तीन महिनामा रक्तदान गरेर रेकर्ड राख्दैआएका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले जीवनकै अर्को रेकर्ड कायम गरेका छन्। सोमवार आयोजित कार्यक्रममा रेकर्डेट रक्तदाता कर्माचार्यले १ सय ५६ औं रक्तदान गरेका हुन्।

काठमाडौंको थापाथली स्थित प्रसुती तथा स्त्रीरोग अस्पताल प्रसुति गृहमा उपचार्थ बिरामीका लागि १ सय ५६ औं पटकको रक्तदान गरेर कर्माचार्यले पूण्य काम गरेका छन्। रक्तदानको त्यस पूण्य कार्यका लागि परोपकार प्रसुती तथा स्त्रीरोग रोग अस्पतालका निर्देशक डा.जागेश्वर गौतमले खादा ओढाएर रक्तदातालाई सम्मान गर्दै रक्तदानको निरन्तरताको लागि शुभकामना ब्यक्त गरेका थिए।

परोपकार प्रसुती तथा स्त्रीरोग रोग अस्पताल अन्तर्गत सेवामा सञ्चालित रक्तसञ्चार सेवाका प्रमुख परशुराम दहालद्वारा स्वागत गरिएको थियोे । साथै रक्तदान पश्चात् अस्पतालका निर्देशक डा.जागेश्वर गौतमलाई रक्तदाता कर्माचार्यलाई प्रशंसा–पत्र समेत प्रदान गरेका थिए।
प्रकाशन मिति–२०७५ साल मंसीर १९ गते बुधवार ।