काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको रक्तदानको रेकर्डमा थप नयाँ आयाम थपिएको छ। रक्तदाता कर्माचार्यले शुक्रवार १ सय ५८ औं पटक रक्तदान गरेर नयाँ गौरबमय इतिहास कायम गरेका छन्।

ललितपुरस्थित मिडाट अस्पतालमा उपचारार्थ बिरामीका लागि रेकर्डेट रक्तदाता कर्माचार्यले अन द स्पट रक्तदान गरेर १ सय ५८ औं पटकको रक्तदानमा रेकर्ड राखेको हो।

मानवसेवामा अहोरात्र खटिइरहने रक्तदाता कर्माचार्यले यसैगरी कैयौं रगतबाट बञ्चित विरामीलाई आफ्नो रगतदान गरेर मृत्युको मुखबाट वचाउंदै आएका छन्।


प्रकाशन मिति–२०७६ साल जेठ १८ गते शनिवार ।