काठमाडौं। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानमा नयाँ रेकर्ड कायम गरेका छन्। आपतका देवता समेत मानिएका रक्तदाता कर्माचार्यले आफ्नो जीवनको १ सय ६१ औं रक्तदान पूर्वीनेपालको झापा पुगेर गरेका छन्। झापाको विर्तामोडस्थित मुक्तिचोकमा आयोजित बृहत रक्तदान कार्यक्रममा रक्तदाता कर्माचार्यले रक्तदान गरेर १ सय ६१ औं रक्तदानको नयाँ रेकर्ड राखेका हुन।

होलसेल मदिरा व्यवसायी संघद्वारा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा काठमाडौंवाट प्रमुख अतिथिका रुपमा झापा पुगेका नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष समेत रहेका कर्माचार्यले १ सय ६१औं पटकको रक्तदान गरेर बृहत रक्तदान कार्यक्रमको शुभारम्भ गरिएको थियो। उक्त रक्तदान कार्यक्रमको सभापतित्व संघका अध्यक्ष प्रकाश बास्तोलाले गरेका थिए। कार्यक्रममा आयोजकले रेकर्डेट रक्तदाता कर्माचार्यलाई सम्मान पनि प्रदान गरिएको थियो।

रक्तसञ्चार सेवा दमकका प्रमुख सिध्दार्थ दाहालले पनि रक्तसञ्चार सेवा पीन प्रदान गरेर कर्माचार्यको सम्मान गरेका थिए। स्वयंसेवी रक्तदाता ओमप्रकाश लुइँटेलद्वारा संयोजन गरेको उक्त रक्तदान कार्यक्रम होलसेल मदिरा व्यवसायी संघका सचिब गोपाल चौलागाइँले संचालन गरेका थिए। जसमा महिला तथा पुरुष गरेर ५० जनाले स्वयंसेवीतवरले रक्तदान गरेका थिए।
प्रकाशन मिति–२०७६ साल फागुन १७ गते शनिवार ।