-समाचारको प्रभाव-

काठमाडौं। लकडाउनमा नरोकिएको गजबको मान्छे शिर्षकको समाचार भिजन संसार डटकममा प्रकाशित भएपछि उक्त समाचारमा मूलखवर बनेका नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यलाई स्वास्थ्य सामाग्री सहयोग भएको छ।

लकडाउनको विषम परिस्थितिमा पनि फ्रन्टलाइनमा अहोरात्र विरामीहरुलाई निःशुल्क रगत उपलव्ध गराउने महान कार्यमा रेकर्डेट रक्तदाता कर्माचार्य खटिरहेको भिजन संसार डटकमको समाचारमा उल्लेख भएपछि उक्त सामाग्री सहयोग भएको हो।

कर्माचार्य फ्रन्टलाइनमा खट्नका लागि स्वास्थ्य कवच पिपिई एक थान र सर्जिकल मास्क २ सय थान सहयोग हस्तान्तरण गरिएको हो। कर्माचार्यको निवासस्थान काठमाडौं महानगरपालिका वडा नंबर २८ बागबजारमा पुगेर हामी सेभ द नेशन मिडिया,रिटायर्ड क्लब नेपाल,स्वतन्त्र पत्रकार संघ नेपाल,नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखा एवं पशुपति अन्नपूर्ण आश्रमको तर्फबाट राष्ट्र संरक्षण साप्ताहिकका प्रधान सम्पादक के.बी.सम्राटले उक्त सहयोग हस्तान्तरण गरेका हुन।

रेकर्डेट रक्तदाता कर्माचार्यले हालसम्म १६१ पटक रक्तदान गरिसकेका छन्। आगामी जेठ १५ गते विहीवारका दिन बागबजारमा १६२ औं पटकको रक्तदान गर्न लागेको जानकारी पनि कर्माचार्यले भिजन संसार डटकमलाई दिएका छन्।

सडकमा नरोकिएको गजबको मान्छे

 

प्रकाशन मिति–२०७७ साल जेठ ९ गते शुक्रवार ।