झापा (विर्तामोड) । नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानमा नयाँ रेकर्ड कायम गरेका छन्। झापाको विर्तामोडको मुक्तिचोक स्थित अर्जुन उपभोक्ता सहकारी संस्थाव्दारा आयोजित विशेष रक्तदान कार्यक्रममा १६५ औं रक्तदान गरेर नयाँ रेकर्ड राखेका हुन।

आयोजक संस्थाको विशेष अनुरोधमा काठमाडौंवाट झापा आइपुगेर विशेष रक्तदानको विशेष आतिथ्यता ग्रहण गरेर रेकर्डेट रक्तदाता कर्माचार्य आफैले १६५ औं रक्तदान गरेर शनिवार रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल प्रमुख आतिथ्यतामा संपन्न विशेष रक्तदान कार्यक्रममा १६५ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेर गजबको संयोग सहित ऐतिहासिकता कायम गर्न सफलता प्राप्त गरेको थियो। रेकर्डेट रक्तदाता कर्माचार्यलाई सार्वजनिक सम्मान समेत गरिएको थियो।

आयोजक संस्थाका अध्यक्ष नबिन खरेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संस्थाका उपाध्यक्ष यादब कुमार ओलीले स्वागत मन्तब्य र नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सह–सचिव एवं रक्त सञ्चार सेवा बिर्तामोडका सदस्य ओम प्रकाश लुइँटेलले धन्यवाद ब्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्ली प्रसाद प्रसाईले गरेका थिए ।


प्रकाशन मिति–२०७७ साल फागुन ८ गते शनिवार ।