काठमाडौं। रेक्स फेसन होमको गौरबशाली आयोजनामा बेग्लै सोच र फरक शैली तथा ढंगवाट काराओके आईकन सिजन २ को भव्य रुपमा संपन्न भएको छ। शनिवार होटल सांग्रिलामा शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको प्रमुख आतिथ्यतामा संपन्न भएको हो।

आधारातसम्म प्रतिस्पर्धात्मक रुपमा आयोजना भएको काराओके आइकन सिजन २ मा सवै प्रतिस्पर्धीहरुलाई पछि पार्दै रुपक श्रेष्ठ यो बर्षको काराओके आईकन विजेता बनेका छन्। फस्ट रनरअप सञ्जोक विश्वकर्मा बने।

त्यस्तैगरेर सेकेण्ड रनरअप प्रविन शाक्य भएका छन्। गायक भीम तुलाधर, गायिका बुनु राई मानन्धर, गायक उदेश श्रेष्ठ, गायक खगेश रन्जितकार र संगीतकार रोहन शाक्यको निर्णायक मण्डलले निर्णय गरेका थिए।

कार्यक्रमको सभापतित्व रेक्स फेसन होमका सि ई ओ रेक्स रन्जितले गरेका थिए। उक्त कार्यक्रममा प्रमुख अतिथि शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले पनि गीत गाएर माहोललाई रौनक बढाएका थिए। मन्त्री मानन्धरलाई काराओके आइकनको आजीवन प्रमुख अतिथिको घोषणा गर्ने कार्य आयोजक रेक्स फेसन होमका अध्यक्ष खगेश रन्जितकारले गरेका छन्। विजयीहरुलाई भारी पुरस्कारहरु प्रदान गरिएको थियो।

प्रकाशन मिति–२०७६ साल माघ २७ गते सोमवार ।