rekha-ghimire-1काठमाडौ। चन्दावती, विन्दास, व्याड ब्वाइ नामक नेपाली चलचित्र तथा केही भोजपुरी चलचित्रमा समेत स्वभाविक अभिनय गरेर नाम कमाएकी अभिनेत्री रेखा घिमिरे हाल चलचित्र तथा सौन्दर्य व्यवसायमा बिजी बनेकी छन्। घर चितवनको भण्डारा भएतापनि पोखरा बसेर पढाई पूरा गर्नुको अलावा व्युटीसियनको तालिम पोखरामा नै लिएर पोखराबाटै व्युटीपार्लर व्यवसाय शुरु गरेकी उनले पछि नेपालगंजमा समेत यो व्यवसायलाई विस्तार गरेकी थिइन् । पछि काठमाडौमा आएर यस व्यवसायलाई बृहत बनाउने कार्यमा उनी सफल बनेकी छन् । उनै सौन्दर्य विजनेश वुमन तथा चलचित्र अभिनेत्री रेखा घिमिरे मेकअपमा भन्दा सकारात्मक सोचमा सुन्दरता एवं व्यक्तित्व लुकेको दाबी गर्छिन्। उनै रेखा घिमिरेको शव्दमा उनकै विचार–

rekha-ghimire-3१.पहिरन र पहिचान

पहिरन नै आम मानिसको पहिचान हो । यस हिसावले मलाई मन परेको पहिरन जहाँबाट पनि खरिद गर्ने गर्दछु । पहिरन महँगो नै हुनुपर्छ भन्ने मान्यता म राख्दिनन्। मलाई मनपर्ने र लगाउँदा आराम हुने पहिरनलाई म सधै प्राथमिकता दिने गर्दछु । मलाई यो समरमा मनपर्ने पहिरन जिन्स र टप्स हुन् । त्यसमाथि पनि कटनको टपस् तथा क्वाटर पाइन्ट नै समरमा बढी युज गर्ने गर्दछु । जाडोमा बुट कहिल्यै छुटाउँदिनन् भने लङ ज्याकेट तथा टोपी पनि लगाउने गर्दछु । विभिन्न फङ्गसन तथा विवाह समारोहमा जाँदा साडी लगाउने गर्दछु । यी अवसरमा साडीको महत्व नै मलाई बेग्लै लाग्छ । अरु पहिरन भन्दा मलाई साडी बढी सुहाउने र राम्री देखिने गरेको म आफैले महशुश गर्ने गरेकी छु। मलाई सारी अत्यन्त सेक्सी ड्रेस नै लाग्छ ।

rekha-ghimire-2

२.मेकअपको महिमा
म त्यति धेरै हेभी मेकअप गर्दिन । बाहिर निस्कदा सामान्य मेकअपमै निस्कन्छु । मेकअपमा गाजल कहिल्यै छुटाउँदिन । मेरो स्किन टोन डार्क भएकाले फ्लोरेलको गाजल लगाउँछु । यो गाढा कालो हुने भएकाले मलाई सुहाउँछ पनि। यसका साथै लिपिस्टिक तथा सन क्रिम मेरा नियमित प्रसाधन हुन् । विभिन्न समारोह तथा इभेन्ट हेरेर पनि मेकअपमा ध्यान दिने गर्दछु । आफै सौन्दयविज्ञ भएकोले जथाभावी मेकअप गरेर त्वचालाई विगार्ने कार्य मबाट भएको छैन् । कस्मेटिक प्रयोग गर्दापनि सकभर ब्राण्डेट र सक्कली नै प्रयोग गर्ने गर्दछु । चलचित्रमा विभिन्न स्टाइलका हेयर स्टाइल तथा कलरिङ्ग गर्दा मेरो केशमा न्याचुरलीपन हट्दै गएकोमा दुःखी भएकी छु । त्यसले गर्दापनि केश श्रृंगारमा प्राकृतिक प्रसाधनलाई बढी भन्दा बढी प्रयोग गर्ने कार्य गरेकी छु । हेयर स्टाइल प्राय म खुल्ला नै छोड्न रुचाउंछु । केशको विशेष ख्याल तथा ट्रिटमेन्ट हरेक दिनजसो गर्ने गर्दछु ।

३. पहिरनमा एसेसरिज
पहिरनमा एसेसरिज मिलाएर लगाउने ट्रेन्ड विकसित हुँदै गएको कुरामा म सहमत छ । एसेसरिज र पहिरन एउटै हुँदा लगाएका सबै कुराले व्यक्तित्वमा निखार ल्याउने गर्दछ । सुनका गहना त्यति धेरै लगाउन मन पर्दैन । यद्यपि, यदाकदा लाउन म रुचाउंछु । हातमा ब्रासलेट अथवा डिजाइनर चुरा लगाउने मलाई ज्यादा रुचि रहेको छ । आवश्यक अवस्थामा लगाउंछु । यसैगरी म रेवान, अर्मानी आदिका सन ग्लास लगाउछु । हिँड्दा एचएनएमको ठूलो ब्याग बोक्ने गर्दछु । मेरो ब्यागमा केही कस्मेटिकलगायत अत्यावश्क सामानहरू हुन्छन् ।

Rekha Ghimire in film shooting with direction by Basanta Sapkota
Rekha Ghimire in film shooting.

प्रकाशन मिति–२०७३ साल कात्तिक १ गते सोमवार ।