काठमाडौ। हेर्दाहेर्दै नायिका रेखा थापा यो बर्षवाट गायिका मात्र नभइकन संगीतकार समेत बनेकी छन्। नायिकाको नंबरी छविलाई कायम गर्दै रेखा आफैले निर्माण गरेको पछिल्लो चलचित्र रामप्यारीमा संगीत दिने कार्य पनि गरेकी छन्।

गायक राजेशपायल राई र गायिका मनिषा पोखरेलको गायन रहेको अर्को जुनी बोलको गीतमा रेखाले संगीत दिएकी छन्। उक्त गीतमा फिचरिङ्ग गर्ने कार्य रेखा र रामप्यारीको नायक सविन श्रेष्ठवाट भएको छ।

सविर श्रेष्ठको निर्देशन रहेको चलचित्र रामप्यारीमा रेखाले टेम्पु ड्राइभर बनेर अभिनय गरेकी छन्। उक्त चलचित्र चाँडै प्रदर्शन गर्ने तयारीमा उनी रहेकी छन्।

www.youtube.com/watch?v=OhKKCAd5fGI
प्रकाशन मिति–२०७२ साल पुष १६ गते विहीवार ।