Teen Princes Diva 2काठमाडौ। रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा टीन प्रिन्सेस् डिभा २०१६ संपन्न भएको छ। जसमा यो बर्षको टीन प्रिन्सेस् डिभा २०१० को टाइटल अवार्ड सोनिया पौडेलले जितेकी छन्।

Teen Princes Diva1टिनएजर बालिकाहरुमा अन्तरनिहित ट्यालेन्टलाई शो गर्ने उदेश्यले आयोजित उक्त कन्टेस्टमा प्रशंशा गुरुङ्ग फस्ट रनरअप र रम्ना अधिकारी सेकेण्ड रनरअप बनेकी थिइन्। प्रकृति के.सीे एञ्करिङ्ग र वेष्ट ड्रेसमा, तनिसा प्रधान डान्सिङ्गमा, रम्ना अधिकारी व्यूटीपूmल हेयरमा, आर्या चन्द पर्सनालिटीमा, सोनिया पौडेल बेस्ट वाकमा, प्रशंशा गुरुङ्ग फोटोजेनीक र ट्यालेन्टमा र रिया शाक्य पङ्गच्यूयालिटीमा अवार्डेट बनेका थिए।

Teen Princes Diva 3

हाँस्यअभिनेत्री दीपाश्री निरौला, गायिका रेखा शाह तथा देविका केसी लगायत संगीतकार सुवाष प्रधार र हिमालय बैंकका चिफ मेनेजर कपिल प्रसाद लोहनीको निर्णायक मण्डल रहेको थियो। आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका अध्यक्ष तथा कोरियोग्राफर राज फैजुको म्यानेजमेन्ट तथा कोरियोग्राफीमा कन्टेष्ट भव्य रुपमा संपन्न भएको थियो। टाइटल अवार्ड सहित विभिन्न अवार्ड जित्ने कन्टेस्टेन्टहरुलाई आयोजक रेडियन्ट म्यानेजमेन्टकी कार्यकारी निर्देशक श्रीषा बैदार फैजुले पुरस्कार तथा विभिन्न उपहार प्रदान गरेकी थिइन्।

Teen Princes Diva 4प्रकाशन मिति–२०७३ साल असार २६ गते आइतवार ।