काठमाडौ। रेडियोमा लाइभ प्रसारण कार्यक्रम गर्दागर्दै एक कार्यक्रम प्रस्तोताले बच्चा जन्माएर नयाँ आयाम कायम गरेकी छन्। यो समाचार अमेरिकाको हो। केही दिनअघि मात्र अमेरिकाको सेन्ट लुइसमा रेडियो प्रस्तोता क्यासिड प्रोक्टरले बिहानी ‘लाइभ’ कार्यक्रमकै क्रममा बच्चा जन्माएकी हुन्। उनी ‘द आर्क स्टेसन’का साप्ताहिक कार्यक्रमकी प्रस्तोता हुन्।


प्रोक्टरलाई प्रशव पीडा सुरु भएपछि रेडियो स्टेसनले अस्पतालमै मंगलबारको कार्यक्रम प्रसारण गर्ने व्यवस्था मिलाएको थियो। प्रोक्टरले बच्चा जन्माउने दिन पहिले नै तय भएपनि अचानक रेडियो कार्यक्रम गर्नुपरेको बताइएकी छन्।

बच्चा जन्माउँदाको आफ्नो जिन्दगीको मूल्यवान क्षण स्रोतासँग बाँड्न पाउनु स्मरणीय अनुभव भएको उनको भनाइ छ । उनले बच्चाको नाम स्रोतासँगको सुझावमा ‘जेमसन’ राखेकी छन्। प्रोक्टरका सहकार्यक्रम प्रस्तोताले उक्त कार्यक्रम शानदार अनुभव भएको बताएका छन् ।

(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल फागुन १० गते विहीवार ।