काठमाडौ। रेडियो नेपालका प्रथम गायक तथा नेपालका बरिष्ठ नाट्य धरोहर हरिप्रसाद रिमालको ९३  बर्षको उमेरमा निधन भएको छ। विसं.१९८२ असोज २ गते जन्मिएका रिमालको २०७५ भदौ १५ गते बिहान १ बजेर ७ मिनेटमा निधन भएको हो।

रिमालले चलचित्र ‘आमा’,  ‘मनको बाँध’  ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतमा अभिनय गरेका थिए। कला, गायन, निर्देशन, सङ्गीत र अभिनय सबैमा रिमाल बहुमुखी प्रतिभाका अब्बल् कलाकार थिए। बालकृष्ण समका चेला हरिप्रसाद रिमालले ‘भीमसेनको अन्त्य’ र ‘मुकुन्द इन्दिरा’ जस्ता ऐतिहासिक नाटकमा अभिनय गरेर त्यो बेला नै कीर्तिमान कायम गरेका थिए।

रिमाल गायनबाट चिनिएका थिए। रेडियो नेपालको विसं.२००७ साल चैत्र २० गते स्थापना हुंदा रेडियो नेपालमा गीत गाउने पहिलो गायक रिमाल नै हुन्।

प्रकाशन मिति–२०७५ साल भदौ १५ गते शुक्रबार ।