काठमाडौं। नेपालको पहिलो रेडियो स्टेशन रेडियो नेपालको ७३ औं बार्षिक उत्सव तथा स्थापना दिवस संपन्न भएको छ। विसं.२००७ साल चैत्र २० गते स्थापना भएको रेडियो नेपालले ७३ औं बार्षिक उत्सव तथा स्थापना दिवस मनाएको हो।

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रेडियो नेपालव्दारा आयोजित विभिन्न सांगीतिक प्रतियोगितात्मक कार्यक्रममा विजयीहरुलाई नगद सहितको प्रमाण पत्र प्रदान गरिएको थियो।

त्यस्तै, रेडियो नेपालमा २५ बर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सम्मान पनि प्रदान गरिएको थियो। कार्यक्रममा रेडियो नेपालका बोर्ड अफ डाइरेक्टर नेपाली म्युजिक भिडियोका बादशाह सीताराम पोखरेल लगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रकाशन मिति–२०७९ साल चैत्र २० गते सोमवार ।