komal-oli-2काठमाडौ। रेडियो नेपालकी प्रखर समाचारबाचिका कोमल ओलीले रेडियो नेपालबाट राजिनामा दिएकी छन्।

रेडियो नेपालमा समाचारवाचनबाट चर्चित भएकी सञ्चारकर्मी तथा लोक–दोहरी गायिका ओलीले फुल टाइम राजनीति गर्ने सोच लिएर २० वर्षे जागिर छोडेको बताएकी छन्।

पछिल्लो समय कलाकारहरु राजनीतिक पार्टीमा प्रवेश गर्नेहरुको लहर चलिरहँदा गायिका ओली पूर्वपञ्चहरुको प्रभावशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेर नेतृत्व तहमा पुगेकी छन्।

Komal Oli 1प्रकाशन मिति–२०७३ साल फागुन ४ गते बुधवार ।