काठमाडौ। युग वित्यो तर, स्वदेशी तथा विदेशी सवैको मुखमा झुण्डिएको कालजयी गीत रेशम फिरिरी कसैले पनि विर्सेको छैन्। अझ विदेशीहरुले नेपाली गीत भनेपछि पहिला रेशम फिरिरी नै गाउंने गर्दछन्। युगिन यस गीतका स्रष्टा गायक सुन्दर श्रेष्ठ हुन्। युगिन गायक श्रेष्ठ स्वर्गवास भएको पनि दुई दशक भैसकेको छ।

रेशम फिरिरीको अलावा दर्जनौ कालजयी गीत गाएर अमर गायक बनेका सुन्दर श्रेष्ठको बारेमा संवन्धित निकायले खासै चासो र खोजी नगरेकोमा श्रेष्ठकी ज्येष्ठ सुपुत्री संगीता श्रेष्ठको गुनासो रहेको छ। यतिखेर नेपालको टप अफ टप डान्स डाइरेक्टर रहेकी संगीता आफू १४ बर्षको उमेरमा पिताको देहान्त भएको त्यो पीडा आँखाभरि भएतापनि हाल व्यक्त गर्न नसकेको त्यो क्षणलाई कहिले पनि भुल्न नसक्ने भन्छिन्।

भिजन संसारसंगको भेटमा पिताको नाममा धेरैले फाइदा उठाएतापनि अचेल गुनासो गर्न नै छाडेको संगीताले भनेकी छन्। पिताको कलाकारिता गर्भवाटै सिकेको कारण पिताजस्तै गायन कलाकारितामा नलागेतापनि नृत्य कलाकारितामा लागेर देश–विदेशमा वाहवाही पाएकी संगीता यतिखेर नेपालका ए–ग्रेडका स्कुलहरुमा डान्स टिचर तथा डान्स डाइरेक्टर बनेर कार्यरत रहेकी छन्। सवैकी डान्स गुरुआमा बनेर पिता–पूर्खाको कलाकारितालाई जोगाउने कार्यमा संगीता हरदम लागिरहेकी छन्।


प्रकाशन मिति–२०७५ साल असार ४ गते सोमवार ।