dv-2019. Aकाठमाडौ। अमेरिका डीभी लटरी भर्ने वेबसाइटमा केही दिनयता अवरोध उत्पन्न भएपछि डीभी लटरी भर्ने कार्य एकाएक बन्द भएको थियो। नेपालस्थित अमेरिकी राजदूतावासले डीभी वेबसाइटमा आएको प्राविधिक त्रुटीका कारण त्यसो भएको भनिएको छ। अव भने त्यसको समाधान भैसकेको छ।

आज कात्तिक १ गते नेपालको समय अनुसार राति ९ः४५ बजेवाट डीभी भर्न मिल्ने भएको छ। अमेरिकी दूतावासका अनुसार कात्तिक १ गते राति ९ः४५ बजेवाट मंसीर ६ गते राति १०ः४५ बजेसम्म डीभी लटरी भर्न सकिने भएको छ। यसअघि भरेका सवैले फेरि भर्नुपर्ने पनि दूतावासले भनेको छ।

यदि तपाईंले यो बर्षको डीभी कार्यक्रमका लागि अक्टोबर १८ अगाबै आवेदन भरिसक्नु भएकोछ भने पनि त्यो आवेदन फेरि भर्नुपर्ने दूताबसले जनाएको छ। यो मितिभन्दा पहिले आवेदन भर्दा दिइएकोकन्फर्मेसन नम्बर पनि अब काम लाग्ने छैन। यो कार्यक्रम र प्रकृयाको निष्पक्षताका लागि पहिले दिइएका आवेदनलाई मान्यता नदिइने दूताबासले स्पष्ट पारेको छ।

यस कार्यक्रममा सहभागी हुनका निम्ति कार्तिक १ राति ९ः४५ बाट मङ्सिर ६ गते बुधवार राति१०ः४५ सम्म फेरि आवेदन दिनुपर्नेछ। तर यस नयाँ आवेदन अबधिमा एकपल्ट भन्दा धेरै पटक आवेदन दिएमा तपाईं अयोग्य ठहरिनुहुने दूताबासले स्पष्ट पारेको छ।

तपाईँले डीभीका लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको २०१८ मे १५ अर्थात ०७५ साल जेठ १ वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु पर्ने दूताबासबाट जारी सूचनामा जनाइएको छ ।

dv-2019प्रकाशन मिति–२०७४ साल कात्तिक १ गते बुधवार ।