काटमाडौ। नेपालका इन्टरनेशनल कोरियोग्राफर राज फैंजु फाउण्डर डाइरेक्टर रहेको रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको गौरबमय तहल्कापूर्ण दुई इभेन्ट प्रोग्राम संपन्न भएको छ।

काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा रेडियन्ट इभेन्ट म्यानेजमेन्टको आयोजनामा आठौ लिट्टल प्रिन्स एण्ड प्रिन्सेस तथा तेश्रो टिन प्रिन्सेस डिभाको आयोजना भएको हो।

प्रतिस्पर्धात्मक इभेन्टमा नेपालका राष्ट्रवादी नायक नवल खड्का चिफ जज् भएको निर्णायक मण्डलले तेश्रो टिन प्रिन्सेस् डिभाको उपाधि रोशिका निरौलालाई घोषित गरेको छ।

निरौला यो बर्षको तेश्रो टिन प्रिन्सेस् डिभा बनेकी छन्। निरौलाले बेस्ट ड्रेसको पुरस्कार समेत जितेकी थिइन्। १३ देखि १५ वर्ष उमेर समूहको टिन प्रिन्सेस् डिभा २०१८ प्रतियोगीतामा महिमा बज्राचार्य फस्ट रनरअप तथा आइसा राई सेकेण्ड रनरअप बनेकी थिइन्।

आठौं लिटिल प्रिन्स एन्ड प्रिन्सेस् २०१८ मा यो वर्षको लिटिल प्रिन्सेस् सुप्रिया महर्जनले जितिइन्। त्यसैगरी लिटिल प्रिन्स भने नमन मित्तलले जिते । फस्ट रनरअप प्राप्या पोखरेल र सेकेण्ड रनरअप प्राश्ना गिरी बन्न सफल बने।

लिटिल प्रिन्सतर्फ सुसान्त सुवेदी फस्ट रनरअप र जेनिस श्रेष्ठ सेकेण्ड रनरअप बनेका थिए । यस प्रतियोगितामा ९ देखि १२ वर्ष उमेर समूहका २१ वालवालिकाको सहभागीता रहेको थियो।

यी दुवै प्रतियोगिताका विजेताहरुले अव जुलाईमा हुने अन्तरराष्ट्रिय इभेन्टमा नेपालको प्रतिनिधित्व गरेर भाग लिन पाउने भएको छ।

चिफ जज राष्ट्रवादी नायक नवल खड्काका साथमा नायक तथा गायक सीताराम पोखरेल,लोकप्रिय गायक पुन्यम प्रधान, हरर्र गायक समिर हमाल, पत्रकार निलिमा श्रेष्ठ मास्के, सामाजिक अभियन्ता पुनम भट्ट सम्मिलित निर्णायक मण्डलले विजेता चयन गरेको थियो।

रेडियन्ट इभेन्ट म्यानेजमेन्टका डाइरेक्टर साथै इन्टरनेशनल कोरीयोग्राफर राज फैंजुले कोरियोग्राफी तथा ड्रेस डिजाइनिङ श्रीसा वैदार फैजु र एसम्याम बुटिककी एनी तण्डुकारको रहेको थियो।
प्रकाशन मिति–२०७५ साल बैशाख २३ गते आइतवार ।