काठमाडौं। सामान्यतया असार १५ पछि रोपाई शुरु हुनेभएतापनि काठमाडौं उपत्यकामा असार अगाडि नै रोपाईको लहर चलेको छ।

लकडाउनको वर्तमान अवस्था तथा सवैलाई फुर्सद भएको परिवेशमा मौसमले पनि साथ दिएको कारण रोपाई शुरु भएको हो। केही दिनयता काठमाडौं उपत्यका लगायतका स्थानमा असारे मनसुन पनि शुरु भएको कारण असारे रोपाई शुरु गर्न सहज भएको देखिएको छ।

शहरी रोपाई एक किसिमको रमाइलो र मज्जाको हुने गरेको समिर अवालको भिडियो रिपोर्टले पनि प्रमाणित गरेको छ। लकडाउनको रोपाईमा परिवार मिलेर मज्जाले रोपाई गर्नुको बेग्लै स्वाद हुने गरेको समिर अवालको भनाई रहेको छ।

Photo By-Nabin K Shrestha

प्रकाशन मिति–२०७७ साल असार ३ गते बुधवार ।