काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण सेकेण्ड फेजको जारी काठमाडौं भ्याली लकडाउन रहेको छ। काठमाडौं भ्यालीको अलावा भ्याली वाहिरका ४२ जिल्लामा पनि लकडाउन रहेको छ।

कोरोना कहरका कारण जारी लकडाउनमा नरोकिएकी आपतकी देवीको रुपमा देखेकी महिला ट्याक्सी सवारी चालक नविना खड्काको दोश्रो फेजको लकडाउनमा पनि यात्रा जारी नै रहेको छ।

विगत ३ बर्षदेखि ट्याक्सी चलाउंदैआएकी नविना खड्काको अनुभवमा फस्ट फेजको लकडाउन भन्दा सेकेण्ड फेजको लकडाउनमा नेपाली जनता धेरै सचेत वनेका छन्। पहिलाको लकडाउनमा जस्तो वाहिर निस्कने र अनावश्यक रुपमा सवारी चलाएको पाइएको छैन्। अरुलाई लकडाउनमा अनवरत रुपमा हिंड्डुल गर्न कडा मात्र नभइकन निषेध नै गरेको अवस्थामा पनि नविना खड्काको ट्याक्सी भने रोकिएको पाइएको छैन्।

नरोकिनुको कारणमा सरकारी निकायको गत्तिलो पास भएर होइन। अत्यावश्यक सेवा दिन हरपल हरसमय लागिरहने आपतकी देवी नै भएको कारण प्रहरी प्रशासनले समेत नविना खड्काले चलाएको ट्याक्सीलाई रोक नलगाएको हो। महिला ट्याक्सी ड्राइभर नविना खड्काको ट्याक्सीमा प्राय किड्नी फेल भएका रोगी देखि मुटुका रोगीसम्म हुने गर्दछन्।

ती घातक रोगका विरामीहरुलाई रात–विरात अस्पताल लाने र घर ल्याउने कार्यमा मानवीय महान सेवामा लागेकी नविना खड्काको पूण्य कार्यले धेरै घातक रोगका विरामीहरुको ज्यान बचेको छ। समयमा नै अस्पताल जान पाएर उनीहरुको राम्रो उपचार संभव भएर लकडाउनमा पनि नयाँ जीवन पाउने गरेको छ।

आधा रातमा पनि कसैले फोन गरेमा तुरुन्त विरामीको सेवामा पुग्ने नविना खड्काको यो मानव सेवाको दिल खोलेर तारिफ गर्नेहरुको कुनै कमी छैन्। अर्कोतर्फ विरामी नभएको बेला भने, भोकै परेका असहाय, अनाथ तथा अपाङहलाई आफ्नै व्यक्तिगत खर्चमा राहत सामाग्री वोकेर वितरण गर्न गैरहने दिनचर्या नै भैसकेको छ।

लकडाउनको आजको मितिसम्म करिब ६ सय विरामीहरुलाई आफ्नो ट्याक्सी मार्फत सेवा दिइसकेकी नविना आफूपनि संक्रमणवाट बच्न र अरुलाई पनि बचाउन ट्याक्सीलाई पूर्ण स्यानिटाइरेज गरेर मात्र चलाउने गरेकी छन्। प्रत्येक यात्रु चढनुअघि र ओर्लेपछि पनि स्यानिटाइरेज गर्ने गरेको वताउने उनी कतिपय मास्क नलाउनेहरुलाई पनि आफैले निःशुल्क मास्क दिने गरेकी छन्। उनी आफूले पनि कोरोनाको पीसीआर टेष्ट गरिसकेकी छन्। पीसीआर टेष्टमा नेगेटिभ आएको वताउने उनी हरदम कोरोनावाट सचेत वन्दै नेपाली जनताको एम्बुलेन्स वनेर सेवा दिदैआएकी छन्।

तपाईहरु पनि ट्याक्सी नपाएर आपतमा पर्नु भएको छ भने, नविना खड्कलाई संपर्क गरेर ट्याक्सी सेवा लिन सक्नु हुन्छ। फोन नंबर–9841552858

प्रकाशन मिति–२०७७ साल भाद्र २१ गते आइतवार ।