काठमाडौं। इन्टरनेशनल नेपाली फिल्म डाइरेक्टर उदय सुव्वाको पछिल्लो चलचित्रको नाम नै आकाशे–खेती रहेको छ। यस चलचित्रको बाली उठाउने डेट अर्थात रिलिज डेट नयाँ बर्ष २०७७ सालको बैशाख २६ गते तोकिएपनि अव त्यो डेट सर्ने भएको छ।

कोरोनाभाइरसको संक्रमणवाट बचाउन नेपालमा सिनेमा हलहरुको लकडाउन आगामी बैशाख १८ गतेसम्म गरेपछि आकाशे–खेतीको बाली उठाउने डेट सार्ने निर्णय भएको हो। हाल ललितपुरको हरिसिद्धिस्थित लामीडाँडा निवासमा लकडाउनमा घरैमा रहेका इन्टरनेशनल नेपाली फिल्मी डाइरेक्टर सुव्वाले भिजन संसार डटकमसंग कुराकानी गर्दै लकडाउनका कारण आकाशे–खेतीको बाली उठाउने डेट सारेको बताएका छन्।

लकडाउन खुलेपछि आकाशे–खेतीको बाली उठाउने डेट पछि फिक्स गर्ने डाइरेक्टर सुव्वाले भनेका छन्। लकडाउनको वर्तमान अवस्थामा हरिसिद्धिको लामीडाँडा निवासमा वसेर आफ्ना पुराना क्रान्ति लगायतका दर्जनौ फिल्म हेरेर टाइमपास गरिरहेको बताएका छन्। त्यसको अलावा क्यारिङग्याङ २ को पटकथा तथा संवाद लेखनमा आफू व्यस्त रहेको भनेका छन्।

निर्देशक सुव्वाले भिजन संसार डटकमलाई दिएको जानकारी अनुसार, एस एस इन्टरनेशनल प्रस्तुतिमा निर्माण भएको चलचित्र आकाशे–खेती पूर्ण मनोरञ्जक तथा हांस्य–प्रधान रहेको छ। विक्रमको छायाँकन, राजु किरातीको फाइट, राम जी लामिछानेको डान्स डाइरेक्सन रहेको यस चलचित्रमा विकाश चौधरीको संगीत रहेको छ।

आकाशे–खेतीमा बाली लगाउने कलाकारहरु विल्सन विक्रम राई तोक्मे बुढा ,गौरव पहाडी, निता ढुङ्गगाना, बुद्धि तामाङ्ग, रविन्द्र झा, रजनी गुरुङ्ग, अनुप याक्सो, रमा लिम्बु, लक्षु शर्मा, प्रकाश शर्मा लगायतको अभिनय रहेको छ।
प्रकाशन मिति–२०७६ साल चैत १८ गते मंगलवार ।