काठमाडौं। नेपालमा जारी लकडाउनमा सडकमा नरोकिएकी आपतकी देवी नविना खड्काको ट्याक्सीको यात्रा जारी रहेको छ। अरुलाई लकडाउनमा अनवरत रुपमा हिंड्डुल गर्न कडा मात्र नभइकन निषेध नै गरेको अवस्थामा पनि नविना खड्काको ट्याक्सी भने रोकिएको पाइएको छैन्।

नरोकिनुको कारणमा सरकारी निकायको गत्तिलो पास भएर होइन। अत्यावश्यक सेवा दिन हरपल हरसमय लागिरहने आपतकी देवी नै भएको कारण प्रहरी प्रशासनले समेत नविना खड्काले चलाएको ट्याक्सीलाई रोक नलगाएको हो। महिला ट्याक्सी ड्राइभर नविना खड्काको ट्याक्सीमा प्राय किड्नी फेल भएका रोगी देखि मुटुका रोगीसम्म हुने गर्दछन्।

ती घातक रोगका विरामीहरुलाई रात–विरात अस्पताल लाने र घर ल्याउने कार्यमा मानवीय महान सेवामा लागेकी नविना खड्काको पूण्य कार्यले धेरै घातक रोगका विरामीहरुको ज्यान बचेको छ। समयमा नै अस्पताल जान पाएर उनीहरुको राम्रो उपचार संभव भएर लकडाउनमा पनि नयाँ जीवन पाउने गरेको छ।

आधा रातमा पनि कसैले फोन गरेमा तुरुन्त विरामीको सेवामा पुग्ने नविना खड्काको यो मानव सेवाको दिल खोलेर तारिफ गर्नेहरुको कुनै कमी छैन्। अर्कोतर्फ विरामी नभएको बेला भने, भोकै परेका असहाय, अनाथ तथा अपाङहलाई आफ्नै व्यक्तिगत खर्चमा राहत सामाग्री वोकेर वितरण गर्न गैरहने दिनचर्या नै भैसकेको छ।

लकडाउनको ९४ औ दिनसम्म पुग्दा पाँच सयजति विरामीहरुलाई सेवा पुर्याउने कार्य नविना खड्कावाट भएको छ। त्यस्तै सयौंलाई राहत दिने कार्य पनि भएको छ। आम ट्याक्सी चालक भन्दा फरक नविना खड्कालाई यसअर्थमा पनि प्रायले सडककी देवी भन्ने गरेको छ। धेरैले नविना खड्कालाई आपतकी देवी नै भन्ने गरेको छ।

तपाईहरु पनि ट्याक्सी नपाएर आपतमा पर्नु भएको छ भने, नविना खड्कलाई संपर्क गरेर ट्याक्सी सेवा लिन सक्नु हुन्छ। फोन नंबर–9841552858

प्रकाशन मिति–२०७७ साल असार १२ गते शुक्रवार ।