काठमाडौं। नेपालमा अलपत्र परेका अमेरिकी नागरिकहरुलाई अमेरिकाले फिर्ता लगेको छ। कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले लकडाउन गरेयता नेपालका विभिन्न स्थानमा अलपत्र परेका अमेरिकी नागरिकहरुलाई आज मंगलवार विशेष विमान चार्टर गरेर अमेरिका फिर्ता लगेको हो।

पोखरा, मुस्ताङ र लाङटानमा समेत रहेका केही अमेरिकी नागरिकहरुलाई आन्तरिक उडानबाट काठमाडौ ल्याएर विवरण संकलन गरी स्वदेश फर्काइएको हो। स्वदेश फर्कनेहरुमा कुटनीतिक नियोगका केही प्रतिनिधिहरु समेत रहेका छन्।

कतार एअरवेजको विमान चार्टर गरी अमेरिकी नागरिक, नेपाली मूलका अमेरिकी नागरिकहरु गरी तीन सय जनालाई स्वदेश फर्काइएको नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले बताएका छन्। स्वदेश फर्काउन नेपालस्थित अमेरिकी दूतावासले गरेको प्रयासप्रति अमेरिकनहरुले खुशी व्यक्त गरेका छन्।

उनीहरले लकडाउनका कारण आफ्ना पूर्वनिर्धारित तालिका अनुसार गन्तव्यमा पुग्न नसकेर अलपत्र परेपनि दुतावासले समन्वय गरेर सहयोग गरेर घर जना पाएकोमा खुशी व्यक्त गरेका हुन्।
प्रकाशन मिति–२०७६ साल चैत १८ गते मंगलवार ।