काठमाडौं। नेपालमा लकडाउनको अवस्थामा धेरैको दिनचर्या चलचित्र हेरेर टाइमपास गर्ने कार्य भएको छ। विशेषत प्राय महिला दिदीबहिनीहरु टेलिभिजनका सिरियल हेर्नमा मस्त देखिएका छनभने, प्राय युट्युबमा रहेका नयाँ तथा पुराना नेपाली चलचित्र हेर्न व्यस्त भएको पाइन्छ।

यसक्रममा बुढासुव्वा म्युजिकले लकडाउनमा टाइम पास गर्न विश्वभरका नेपालीहरुका लागि भनेर नयाँ नेपाली चलचित्र पोइ पर्यो काले युट्युब मार्फत रिलिज गर्दा शनिवार निक्कैले हेरेको पाइयो। लकडाउनमा हरेक नयाँ तथा पुराना नेपाली चलचित्र हेर्ने धेरैले लिष्ट नै बनाउन थालेको छ।

नेपाली चलचित्रको बजार गुम्यो भनेर चिन्ता लिइरहेका नेपाली चलचित्रका निर्माता तथा निर्देशक र कलाकारलाई युट्युबको मार्केटले बजारमा बृद्धि गरेवाट उनीहरुमा थप आशा पलाएको छ। नेपाली चलचित्र सहज रुपमा युट्युबमा पाइने भएवाट सिनेमा हलमा नै गएर हेर्न जानुपर्ने वांध्यताको अन्त भएको छ।

घरैमा बसेर नयाँ तथा पुराना नेपाली चलचित्र हेर्न पाइएवाट नेपाली चलचित्रका दर्शकहरु मक्खै परेका छन्। अझ लकडाउनमा परिवारका साथमा बसेर नेपाली चलचित्र हेर्न पाउंदा रमाएका छन्। लकडाउनमा नेपाली चलचित्रको मार्केटमा अझ बृद्धि भएको विश्वास गरिएको छ।


प्रकाशन मिति–२०७६ साल चैत १६ गते आइतवार ।