ललितपुर । मानव धर्म नै सवैभन्दा ठूलो धर्म हो भन्ने उदेश्य अनुरुप जरोकिलो महाअभियानका युवा अभियन्ताहरुले आइतवार पनि राहत वितरण गर्ने कार्य भएको छ।

कोरोनाको महामारीको कारण जारी लकडाउनमा ललितपुर महानगरपालिका वडा नंबर १४ तिखिदेवलस्थित विपन्न बर्गलाई स्वच्छ नेपाल संस्थामा आवद्ध असहाय अनाथहरुलाई राहत वितरण गर्ने कार्य भएको हो।

जरोकिलो महाअभियानले दाल, चामल, तेल लगायतका खाद्यसामग्री राहतका रुपमा वितरण गरेका हुन्। मानवअधिकारकर्मी नारायण लिंखा देवानको संयोजनमा जरोकिलो महाअभियानका युवा अभियन्ताहरु अभिषेक जोशी, अमर परियार आर्यले स्वच्छ र प्रकाश श्रेष्ठ (टार्जन श्रेष्ठ) ले तिखिदेवल क्षेत्रका गरीब तथा विपन्न ३ परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेका थिए।

त्यस्तैगरेर, ललितपुर महानगरपालिका वडा नंबर ५ महालक्ष्मीस्थान स्थित ३ विपन्न परिवारलाई पनि राहत वितरण कार्य जरोकिलो महाअभियानका अभियन्ताहरुले गरेका थिए। बहुउपयोगी आयुर्वेदिक औषधि गुर्जोका अभियन्ता समेत रहेका मानवअधिकारकर्मी नारायण लिंखा देवानले सवैलाई गुर्जो वितरण गरेर गुर्जो सेवनको तरीका पनि बताएका थिए।
प्रकाशन मिति–२०७८ साल जेठ २ गते आइतवार ।