ललितपुर। नेपालमा लकडाउन भएको दोश्रो दिन कलाकृतिको सांस्कृतिक नगरी ललितपुर महानगरपालिकामा पानीको समस्या देखियो।

खानेपानीका लागि प्राचिन इनारको भरमा रहेको पाइयो। फोटोपत्रकार नेता लक्ष्मी श्रेष्ठको क्यामेरावाट हेर्दा ललितपुर महानगरपालिकाभित्रको भित्री बस्ती च्यासलमा पानीका लागि स्थानीय वासिन्दा इनारमा भर परिरहेको देखियो।

धारामा खानेपानी खासै नआउने भएकोले प्राचिन इनारमा यहाँका स्थानीय वासिन्दा निर्भर रहेको पाइयो। ललितपुरको मंगलबजार, दरबार स्क्वायर, कृष्णमन्दिर सुनसान अनि चकमन देखिएतापनि फाट्टफुट्ट मानिस हिडिरहेको पनि पाइयो। समग्रमा ललितपुर महानगर लकडाउनको दोश्रो दिन लकडाउन नै भएको पाइयो।


तस्बीर सौजन्य–नेता लक्ष्मी श्रेष्ठ
प्रकाशन मिति–२०७६ साल चैत १२ गते बुधवार ।