काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण जारी लकडाउनमा सवैलाई तन्दूरुस्त र स्वस्थ वनाउनका लागि सामाजिक दूरी कायम गरेर टोल तथा समाजमा खेलकुद हुने कार्य भैरहेको छ।

यसक्रममा काठमाडौं महानगरपालिका वडा नंबर ३२ कोटेश्वर भाटभटेनी पछाडि दीपनगरमा ब्याटमिन्टन खेल भएको छ। सामाजिक दूरी कायम गरेर भएको ब्याटमिन्टन खेलको उदघाटन कार्य भएको हो।

कस्मिक इन्टनेशनल एकेडेमी स्कुलका प्रायोजनमा भएको उक्त खेलको उदघाटन स्कुलका प्रिन्सिपल अर्जुन खत्रीले दीप प्रज्ज्वलन गरेर गरेका हुन। प्रिन्सिपल खत्रीले ब्याटमिन्टन खेल टीमका अध्यक्ष दीलिप अधिकारीलाई ब्याटमिन्टन हस्तान्तरण गरेपछि खेल शुभारम्भ भएको हो।

पूर्व राष्ट्रिय खेलाडी तथा दीपनगर टोल सुधार समितिका पूर्व अध्यक्ष हंशराज वाग्लेको प्रमुख आतिथ्यता तथा दीपनगर टोल सुधार समितिका अध्यक्ष नानीकाजी सिलवाल, सचिव पिताम्बर भण्डारी र कोषाध्यक्ष तथा खेल रेफ्री प्रधुम्न पुडासैनी,गोरखकाली ट्रेड कोटेश्वरका प्रोप्राइटर ईश्वरीप्रसाद वस्ती लगायतकाको विशेष आतिथ्यता रहेको छ। कस्मिक इन्टनेशनल स्कुलका टिचर बालकृष्ण पौडेलले खेलाडीहरुलाई खेल जर्सी उपलव्ध गराएका थिए।

खेलमा हार तथा जीत भन्दा आपसी भाइचारा र सदभावनाको विकास गर्न र गराउन खेल आयोजना गरिएको आयोजकले वताएको छ।

(सुनकुमार अवालको रिपोर्टमा आधारित)
प्रकाशन मिति–२०७७ साल असार २५ गते विहीवार ।