काठमाडौं। नेपाली समसामयिक गीत–संगीतको क्षेत्रमा सुशिला पाठक नविन नाम होइन। युवा पुस्तामाझ अत्यन्त चर्चित गायिका हुन। विशेष युवाको चाहना वमोजिमका गीत गाउन अत्यन्त माहिर मानिएकी गायिका सुशिला पाठकका दर्जनौ गीतहरु छन्। आधा दर्जनभन्दा बढी एल्बम बजारमा आइसकेको छ।

पूर्वीनेपालको झापामा जन्मेकी भएतापनि हुर्की–बढेकी भने काठमाडौं नै हो। काठमाडौंको परिवेशमा काठमाडौमा नै हुर्की–बढेकी सुशिला पाठकको यो लकडाउनको बेला बढी समय संगीत साधनामा नै वित्ने गरेको छ। त्यसको अलावा योगा पनि नियमित रुपमा गर्ने कार्य पनि सुशिला पाठकवाट भएको छ।

त्यस्तैगरेर, यो लकडाउनमा टाइमपास गर्ने माध्यम फिल्म पनि भएको छ। नेपालमा लकडाउन भएको आज मंगलवारवाट ४३ दिन पुगिसकेको छ। ४३ दिनसम्ममा नेपाली तथा हिन्दी फिल्म गरेर ४२ वटा फिल्महरु हेरिसकेको बताएकी छन्। यो हप्ता हिन्दी फिल्मका होनहार नायक ऋषि कपुरको दुःखद निधन भएयता उनकै धेरै फिल्म हेरेको सुशिला पाठकले भिजन संसार डटकमसंग कुराकानी गर्ने क्रममा बताएकी छन्।

ऋषि कपुरका प्राय फिल्म लभ्ली अनि रोमान्टिक रहेको प्रतिक्रिया पनि सुशिला पाठकको रहेको छ। लकडाउनमा युट्युब मार्फत रिलिज भएका नेपाली फिल्महरु पासवर्ड देखि झ्यानाकुँटीसम्म पनि हेर्न भ्याएकी सुशिला पाठक भलिबल तथा ह्याण्डबलका राम्रा खेलाडी हुन। उनलाई भलिबल खेल्न अति रुचि छ। प्राय फुर्सदमा खेल्ने पनि गरेकी छन्।

फुटबल भने खेलेको क्षण नभएतापनि हेर्न भने रुचि रहेको भनेकी छन्। लकडाउनमा फुटबल खेल्ने जोश नचलेको होइन। तर, फुटबल खेल्न ११ जनाको टीम चाहिने भएको कारण त्यो संभव नभएको उनको भनाई छ।

अझ यो कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन लकडाउनको सुरक्षित रुपमा पालना गर्नु नै राम्रो भएको बताउंछिन्। जथाभावी हिंडेर लकडाउन उलंघन नगरिकन सरकारले दिएको निर्देशन पालना गर्न पनि सुशिला पाठकको अनुरोध रहेको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख २३ गते मंगलवार ।