काठमाडौं। नेपालमा लगातार लकडाउन भएको पनि आज १६ दिन पुगेको छ। यस अवधिमा अत्यावश्यक पसल वाहेक अरु बन्द नै छन्। घर–ठाउंका सैलुन तथा व्युटीपार्लरहरु बन्द भएका कारण महिला तथा पुरुष दुवैलाई समस्या पर्न थालेको छ।

अझ महिलाहरुलाई भन्दा पुरुषहरुलाई सैलुन बन्द भएको कारण लामा भैरहेका दाह्री–जुंगा तथा कपाल काट्न पाइरहेका छैनन्। बच्चाहरुको पनि त्यस्तै समस्या रहेको छ। घरैमा बसेर कोरोनाभाइरस संक्रमण विरुद्ध लडाई लडिरहेका नेपालीहरुलाई आफूले जानेको हेअर कटिङ र हेअर स्टाइलको कार्य गर्न र गराउन सौन्दर्य उद्यमी सुशिला थापाले अनुरोध गरेका छन्।

प्राय नेपाली दिदीबहिनीहरुले व्युटीपार्लर तथा सैलुनको तालिम कुनै न कुनैवेला लिएको त्यो तालिमलाई आफ्नै घर–परिवारमा प्रयोग गर्न सौन्दर्य उद्यमी थापाले आग्रह गरेकी छन्। आफूले जानेको बुझेको सौन्दर्य तालिम तथा सौन्दर्य व्यवसाय अनुसार, कम से कम हेअर कटिङ मात्र गरिदिदा पनि धेरै राहत पुग्ने धारणा सौन्दर्य उद्यमी थापाको रहेको छ।

थापा आफूले पनि लकडाउनको बर्तमान अवस्थामा आफ्नो परिवार तथा छिमेकीका हेअर कटिङ तथा हेअर स्टाइल वनाउने कार्यमा सामाजिक रुपमा लागिरहेको भिजन संसार डटकमलाई बताएकी छन्।


प्रकाशन मिति–२०७६ साल चैत २६ गते बुधवार ।