काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण नेपालमा लकडाउन भएको पनि पाँच महिना भैसकेको छ। पहिलो फेजको लकडाउन त्यस्तै चार महिनाको लकडाउन पश्चात केही दिनका लागि लकडाउन खुल्ला गरेको सरकारले फेरि दोश्रो फेजको लकडाउन गरेर नेपाली जनतालाई मार माथि मार पारेको सवैको गुनासो भैसकेको छ।

लकडाउन महिनौ महिना भएपनि खुरुखुरु तलब आउने सरकारी कर्मचारीहरुले नै लकडाउन गर्न उक्साइरहेको र उनीहरुलाई लकडाउन जति महिना गरेपनि केही फरक नपर्ने व्यापारी घरानियाहरुले नै गुनासो गरिसकेको अवस्था छ। लकडाउनले गर्दा निम्न बर्ग, मध्यम वर्गदेखि उच्च घरानिया व्यापारी वर्ग पनि चौपट परिसकेको छ।

अझै सरकारी तलब खाएर प्रमुख जिल्ला अधिकारी लगायतले प्रधानमन्त्री लगायतलाई दशैंसम्म लकडाउन गर्नुपर्दछ भनेर उक्साइरहेको बेला नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा भेटघाट कार्यक्रममा प्रष्ट रुपमा काम नगरे पनि नियमित तलब आउनेहरुले मात्रै लकडाउन र निषेधाज्ञा गर्नुपर्ने भनिरहेको बताएका छन्। प्रधानमन्त्री ओलीसंग भेटवार्तामा लकडाउन अति भैसकेको र यसलाई खुकुलो पारेर व्यापार व्यवसाय सवै सहज गरेर राहत दिनुपर्ने सुझाव दिने कार्य चेम्बरका अध्यक्ष श्रेष्ठ लगायतका व्यापारीहरुले सल्लाह दिएका हुन्।

लकडाउन मात्र गर्न जानेको सरकार राहत दिन जानेन । नेपाली जनता अव अति भयो भनेर भन्न थालेका छन्। उनीहरु अव रोगले होइन, भोकले मर्ने बेला भयो भनेर रोष प्रकट गरिरहेका छन्। दोश्रो फेजको लकडाउनमा सरकारले नेपाली जनताको लागि आवश्यक राहतको रा पनि उच्चारण गरेका छैनन्। नेपाली जनताले चुनेर पठाएको सरकार हो या कर्मचारीतन्त्रले चलेको सरकार हो भनेर आशंका गर्न थालेका छन्।

प्रकाशन मिति–२०७७ साल भाद्र २२ गते सोमवार ।