काठमाडौं। नेपाली पश्मिना व्यवसायी तथा सामाजिक अगुवा रविना श्रेष्ठको निवासमा स्थापित लक्ष्मीनारायण मन्दिरले पूर्णता पाएको छ। दशैंपछिको नेपालीहरुको दोश्रो महान पर्व तिहारको लक्ष्मीपूजाको दिन काठमाडौंको लाजिम्पाट स्थित रविना निवासको लक्ष्मीनारायण मन्दिरले पूर्णता पाएको हो।

सक्कल कालो मूर्तिमा सजिएको लक्ष्मीनारायणको आकर्षक मूर्तिमा नौ बर्षपछि आँखा राखिएपछि पूर्णता मिलेको हो। सिद्धहस्त चित्रकारले कोरेको आँखा लक्ष्मीनारायण मूर्तिमा राखेपछि लक्ष्मीनारायण अहिले नै बोल्ला जस्तो प्रतित भएको छ।

निक्कै नै भक्तिभावले स्थापना गरेको लक्ष्मीनारायण मन्दिरले सवैको कल्याण गरुन भन्ने इच्छा तथा आकांक्षावाट प्रेरित बनेर नै रविना र रविनाको श्रीमान राजेन्द्र वहादुर श्रेष्ठले त्यहाँ स्थापना गरेको हो।

लक्ष्मीनारायण मन्दिर सवैको लागि खुल्ला गरिएको छ। यो मन्दिर लाजिम्पाटको वडा नंबर २ को कार्यालय भवन अगाडि रहेको छ। जहाँ रविनाको पश्मिना पसल छ। ठीक त्यसको पछाडि रहेको छ।

प्रकाशन मिति–२०७५ साल कात्तिक २२ गते विहीवार ।