काठमाडौं। प्राकृतिक उपचारक नेपालका प्राकृतिक डाक्टर लक्ष्मीनारायण सुवालवाट प्राकृतिक उपचार संवन्धमा विविध ज्ञान प्रदान गर्ने कार्य भएको छ।

काठमाडौंको कोटेश्वर स्थित निखिलेश्वर महादेव परिसर नजिकको लक्ष्मीनारायण पतन्जली योग शिविरमा प्राकृतिक उपचारक सुवालवाट प्राकृतिक उपचार तथा आफ्नो शरीरको आफै डाक्टर विषयक गजब गजबका यथार्थ जानकारीमूलक प्रशिक्षण दिने कार्य भएको हो।

लक्ष्मीनारायण पतन्जली योग शिविरमा दैनिक योग सिक्न आउने करिब ३० जना यस गजबको प्राकृतिक उपचार प्रविधिवाट लाभ प्राप्त गरेको जानकारी योग प्रशिक्षार्थी सुनकुमार अवालले भिजन संसार डटकमलाई जानकारी दिएका छन्।

प्राकृतिक उपचारक प्राकृतिक डाक्टर सुवालले मानिसको जीवन शैली नै मानिसको उपचार भएको र जीवनशैली तथा उचित आहार, विहार र विचार गडबढ गर्नेहरुले सदा दुःख पाउने बताएका छन्। यसलाई सन्तुलित गर्न सकेमा कुनै डाक्टरी औषधि आवश्यक नभएको जिकिर पनि सुवालको रहेको छ।


प्रकाशन मिति–२०७६ साल जेठ १४ गते मंगलवार ।