० मानिसको स्वास्थ्य मानिसकै हातमा ।
० उचित आहार, विहार र विचार ।
० प्राकृतिक प्रयोगशालाको आफै डाक्टर

काठमाडौ। मानिसको स्वास्थ्य मानिसकै हातमा रहेको छ। अझ भनौ भने मानिसको जिन्दगीको प्रयोगशाला मानिसभित्र नै रहेको छ। आफूभित्र रहेको ओर्जिनल प्रयोगशालालाई विगारेर मानिसले नै बनाएको औद्योगिक प्रयोगशालामा लगेर आफ्नो शारिरीक जाँच गर्नु र गराउनु भनेको गलत कार्य हो। मानव निर्मित मेशिनरी प्रयोगशालाले दिएको कति रिपोर्ट प्रयोगशाला पिच्छे फरक हुने गरेको छ। अझ भने फरक नै पाइएको छ।

त्यो फरक रिपोर्टको प्रयोगशालावाट आएको फरक रिपोर्टको भरमा अनावश्यक औषधि खाएर मानिसको आफ्नै प्राकृतिक प्रयोगशाला विगार्न नहुने तर्क र अडान प्रतिष्ठित उद्यमी तथा व्यापारी लक्ष्मीनारायण सुवालको रहेको छ। सुवालका अनुसार, मानिसको प्राकृतिक प्रयोगशालाको डाक्टर मानिस नै हुन्। उचित आहार, विहार र विचारको सन्तुलन नभएरै मानिसको जीवनरुपी प्रयोगशाला विग्रने गरेको हो।

अझ सरल रुपमा भन्ने हो भने मानिसमा विहान उठ्नासाथ गरिने पहिलो कर्म नै शौच हो। शौचालयमा जाडो महिनामा ५ मिनेट र गर्मी महिनामा ३ मिनेटमा दिसा–पिसाव गरिसकेको हुनुपर्दछ। यो समयभन्दा बढी शौचालयमा बस्ने मानिसको शरीरको प्रयोगशाला अर्थात इञ्जिन खराव छ भन्ने बुझ्नु पर्ने हुन्छ।

स्वस्थ मानिसले दिनमा एकपल्ट मात्र दिसा गर्ने गर्दछ। अझ दिसा गर्दा दिसा सेलरोटी पकाएजस्तो मज्जाले भएमा त्यो मानिस अझ स्वस्थ मानिस हो। त्यस्तो दिसा गर्नेलाई दिसा पुछन टवाइलेट पेपर आवश्यक पर्दैन। प्राकृतिक प्राणी कसैले पनि दिसा गरेपछि पुछ्ने गरेको पाइदैन। गाईवस्तु, कुकुर–विरालो, बाघ–भालु कसैले पनि दिसा पुछ्ने गरेको पाइदैन।

मानिस त अझ उनीहरुभन्दा सर्वोत्कृष्ट प्राणीले आफ्नो इञ्जिनरुपी जीवनको प्रयोगशाला विगारेर दिसा पुछ्न ट्वाइलेट पेपर र पानीको आवश्यक पार्ने काम मानिसले नै गरेको हो। स्वस्थ मानिसको ट्वाइलेटमा ट्वाइलेट सफा गर्न ट्वाइलेट ब्रुस नै चाहिदैन। यो गजबको अवधारणा र सोचको विकास विगत चारबर्षयता उद्यमी तथा व्यापारी सुवालमा ललितपुरको सातदोवाटो स्थित निरोगधाम प्रकृति प्रेमी समूहमा आवद्ध भएपछि आएको हो।

निरोगधाम प्रकृति प्रेमी समूहको प्रशिक्षक समेत रहेका सुवाल उमेरको हकमा यो बर्षवाट ६६ बर्ष पुगिसकेका छन्। ६६ बर्षको उमेर पुगिसक्दा पनि सुवाललाई चश्मा चाहिएको छैन्। विना चश्मा सियोमा मज्जाले धागो राख्न सक्छन्। चार बर्षयता एक चक्की औषधि पनि खानु परेको छैन्। आफ्नो शरीरको आफै डाक्टर बनेयता शारीरिक दुखाईको महशुश सुवालले गर्नुपरेको छैन्। दुखाईको दु नै नभएपछि औषधिको आवश्यकता नहुने तर्क गर्ने सुवाल आफ्नो स्वास्थ्यको मूल आधार नै उचित आहार, विहार र विचार भएको खुलासा गर्छन्।

उचित आहार, विहार र विचारको सन्तुलन भएपछि निश्चित रुपमा मानिस लामो समय स्वस्थ भएर बाँच्न सकिन्छ भन्ने कयन उदाहरण आफूसंग भएको सुवालको भनाई रहेको छ। निरोगधाम प्रकृतिप्रेमी समूहमा रहेका १ हजार ८ सयभन्दा बढी सदस्यहरु वीचमा उचित आहार, विहार र विचारमा सन्तुलनता कायम गरेर यो बर्ष सर्वोत्कृष्टता हासिल गरेर विशेष सम्मान सुवालले प्राप्त गरेका छन्। निरोगधाम प्रकृति प्रेमी समूहको प्रमुख उदेश्य र लक्ष्य नै जीवित प्राणी सवै निरोगी र आनन्दित हुनुपर्दछ भन्ने हो भनेर सुवालले जिकिर गरेका छन्।

यही लक्ष्य तथा उदेश्य प्राप्तिका लागि सवै सदस्यहरु अहोरात्र लागिरहेको दावी सुवालको रहेको छ। मानिसको मोटाई अनुसार उचाई हुनुपर्ने विचार पोख्ने सुवालका अनुसार ५ फिट उचाईका मानिसको तौल ५० केजी हुनुपर्ने र त्यसपछिको हरेक इञ्चमा अढाई केजी थप्दै लग्दा उचाई अनुसारको तौल कायम हुने र उचाई अनुसारको तौल कायम गर्न अत्यन्त आवश्यक भएको जानकारी पनि सुवालले दिएका छन्। सुवालका अनुसार अति मोटो तथा अति दुब्लो पनि हुनु हुंदैन्। उचाई अनुसारको शरीरको निश्चित सन्तुलित शारीरिक बनौट हुनुपर्ने ठहर पनि सुवालको रहेको छ।

तपाईलाई औषधि होइन, प्रकृति भन्ने नाराका साथ अगाडि आएको प्रकृति प्रेमी समूह, निरोग–आनन्दधाम सातदोवाटो, ललितपुरको संगठन विभाग प्रमुख भएर प्रकृतिसंग खेल्दै प्रकृतिका बरदान रुपी प्राकृतिक उत्पादनलाई उचित आहार, विहार तथा विचारमा बदलेर सुवालको गजबको नयाँ जिन्दगानी चलिरहेको छ। ३ करोड नेपालीलाई आनन्दित र निरोगी बनाउने अभियानमा लागेको निरोगधाम प्रकृति प्रेमी समूहले नेपालको ७ वटै प्रदेशमा आवासिय भवन बनाउने तयारी भैरहेको पनि सुवालले खुलासा गरेका छन्।

मान्छेलाई विरामी पार्ने भन्ने नै उचित आहार, विहार र विचार नभएर हो भन्ने निश्कर्ष निकाल्ने सुवालको लाइफ पहिला जस्तो जटिल छैन्। निक्कै सरल छ। शरीरको आवश्यकता अनुसारको प्राकृतिक उचित आहार अनि सोही अनुरुप विहार अर्थात व्यायाम अनि सकारात्मक विचारले तनाबपूर्ण जीवनलाई अत्यन्त आनन्दमय जिन्दगी बनाउन सुवालले सफलता प्राप्त गरेका छन्। आफ्नो स्वास्थ्य आफ्नै हातमा रहेको बताउने सुवाल औषधिले स्वास्थ्य दिने भए, यस संसारमा एउटै मानिस पनि विरामी पर्ने थिएन।

हतियारले शान्ति आउने भए संसार उहिल्यै शान्तिक्षेत्र भैसक्ने थियो। वाद–विवाद गरेर सत्य पत्ता लाग्ने भए संसारका सवै मानिस उहिल्यै ज्ञानी भैसक्ने थिए भन्छन्। त्यसैले समय छँदै जीवनलाई परिवर्तन गर्न आवश्यक भएको र त्यसको लागि एक भाग अन्न, एक भाग हरियो तरकारी र एक भाग सलाद फलफूल उचित आहारमा पर्याप्त पुग्ने सुवालको भनाई रहेको छ।

माछा–मासु, दूग्धजन्य पद्धार्थ, जाँड–रक्सी, मैदाजन्य पद्धार्थ, अण्डावाट बन्ने खानेकुरा खान नहुने सुवालको बुझाई रहेको छ। उचित विहारमा परिश्रम र आरामको सन्तुलन मिलाउनु पर्ने, सुत्ने र उठ्ने समयको निश्चित गर्नुपर्ने, कम्तिमा आठ घण्टा सुत्नुपर्ने, हप्तामा ५–६ दिन शरीरका सवै अंग र जोर्नी संचालन हुने व्यायाम गर्न आवश्यक भएको सुवालको ठहर रहेको छ।

उचित विचारमा कुनैपनि हालतमा नरिसाउने, वादविवाद नगर्ने, चिन्ता नगर्ने, निराश नहुने, बेइमानी नगर्ने, कुभलो नचिताउने, गुणको बदला मात्र होइन, बैगुणको बदला पनि गुणै तिर्ने, हरेकलाई प्रेम र सम्मान गर्ने विचारको विकास गर्नु हो भनेर सुवालले भनेका छन्। यति भएपछि जिन्दगी गुलाफको फूल जस्तो सुन्दर र हलुका हुने दावी सुवालको रहेको छ। सुवालसंग उचित आहार, विहार र विचारको परामर्श गर्न चाहनु हुन्छ भने, उहाँलाई यो नंबरमा डाइरेक्ट कल गरेर संपर्क गर्न सक्नु हुन्छ–९८५१०३०७०९  (9851030709)
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७६ साल जेठ १३ गते सोमवार ।