काठमाडौं। लगनको बेला पञ्चेबाजा बज्नु स्वभाविक हो। यही स्वभाविकतामा निर्भाना कला केन्द्रका संस्थापक निर्देशक तथा अभिनेता रमेश श्रेष्ठ दुलहाराजा बनेका छन्।

पञ्चेबाजा बजाउन लगाएर डोलीमा चढ्ेर मज्जाले नयाँ दुलही ल्याउने कार्य गरेका छन्। सिन्धुपाल्चोकको चौतारा पुगेर अभिनेता श्रेष्ठले अभिनेत्री सुस्मिता क्षेत्रीलाई दुलही बनाएर घर ल्याउन सफलता प्राप्त गरेका छन्। दुवैको जोडी पनि गजबले मिलेका छन्। पञ्चेबाजाका साथमा दुलही भित्राएपछि अभिनेता श्रेष्ठ मक्खै पनि परेका छन्।

यसरी पञ्चेबाजा बजाएर दुलही भित्राउने कार्य अभिनेता श्रेष्ठले यथार्थमा भने गरेका होइनन्। विमल पाठक क्षेत्रीको लय तथा शव्दमा लगनको महिना भाकाको पञ्चेबाजा गीतको म्युजिक भिडियोका अभिनय मात्र गरेका हुन्।

जसमा करिश्मा ढकाल र अर्जुन खड्का समेतको अभिनय रहेको छ। प्रेम पाठक र अनुजा पुडासैनीको गायन रहेको यस गीतको भिडियो निर्देशन गोपाल थापाले गरेका हुन्। जुन गीतको भिडियो हाल विश्वव्यापी लोकप्रिय बन्दैगएको छ।

प्रकाशन मिति–२०७५ साल फागुन २४ गते शुक्रवार ।