ललितपुर। ललितपुरको लगनखेलमा विना अनुमति ड्रोन क्यामेरा उडाउने तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले उनीहरुलाई पक्रेको हो।

महानगरीय प्रहरी लगनखेलले दिउँसो ललितपुर महानगरपालिका–१५ बाट पद्मबहादुर खड्का, विदुरप्रसाद आचार्य र राजन दुवाललाई पक्राउ गरेको छ।

पक्राउ गरेकालाई नागरिक उड्ययन प्राधिकरण पठाइएको र ‘ड्रोन क्यामरा’ लगायत उनीहरुसँग भएका सामग्री जफत गरेकोे छ।
‘ड्रोन क्यामरा’ उडानका लागि पालना गर्नुपर्ने नियमसम्वन्धी

नागरिक उड्ययन प्राधिकरणले जारी गरेको निर्देशिका पालना नगरेको पाइएकाले उनीहरुलाई आवश्यक कारवाहीको लागि पक्राउ गरेको प्रहरीले भनेको छ।
प्रकाशन मिति–२०७५ साल पुष ९ गते सोमवार ।