Petrol line bikeकाठमाडौ। लामो समयदेखि निजी मोटरसाइकलले पेट्रोल नपाएकोमा अव यो हप्ताको बुधवारबाट एकदिन विराएर लट अनुसार पेट्रोल पाउने भएको छ।

सोमवार बाणिज्य मन्त्रालयमा भएको बैठकवाट नेपाल आयल निगमले लटका आधारमा बुधबारदेखि तीन दिन मोटरसाइकललाई पेट्रोल दिने निर्णय गरेको हो ।

निगमले दिन बिराएर लट अनुसार तेल बाँड्ने भएको छ। ६ गते बुधबार १ देखि ३० लटका मोटरसाइकलले तेल भर्न पाउनेछन् भने ८ गते शुक्रबार ३० देखि ५० लटका मोटरसाइकलले तेल भर्न पाउनेछन्। ११ गते सोमबार ५१ भन्दा देखि माथिका लटका मोटरसाइकललाई तेल बिक्री गर्ने तालिका बनेको छ।

मोटरसाइकललाई पाँच लिटरका दरले तेल दिइनेछ । निगमले यो पटक पनि विहान ९ बजेदेखि तेल वितरण सुरु हुने बताएको छ। तेल लिन नवीकरण भएको ब्लुबुक अनिवार्य गरिएको छ। यसैगरी हप्ताको दुई दिन कालो र हरियो नम्बरको ट्याक्सीलाई तेल दिने निर्णय पनि निगमले गरेको छ।

प्रकाशन मिति–२०७२ साल माघ ४ गते सोमवार ।