–सनम कुमार बैराग
लण्डन । कोरोनाभाइरस (कोभिड–१९) को कहरमा त्रशित प्रहर अझै निमित्यान्न भैसकेको छैन्। यद्यपि, बेलायतमा सामाजीक दुरी कायम गर्नुको अलावा माक्सको प्रयोग, कोभिड विरुद्धको भ्याक्सिन लिएको प्रमाण प्रस्तुत गरेर यदाकदा मनोरन्जनात्मक कार्यक्रम हुंदैआएको छ।

त्यसमा कोभिडको डेढ बर्ष लामो कहर यता नेपाली कथानक चलचित्र गोर्खा बिनिथ द ब्रभरी पहिलो पल्ट शनिवार लण्डनको प्रिन्सेस हल अल्टशटमा प्रदर्शन भएको छ। निर्मात्री मधु गुरुङ्गको निमन्त्रणा चलचित्र हेर्न पुगेका आम दर्शकले नेपाली चलचित्र गोर्खा बिनिथ द ब्रभरीले चलचित्रको माध्यमबाट ऐतिहासिक अभिलेख राख्न मद्दत मिलेको प्रतिक्रिया व्यक्त गरेका छन्।

बेलायतको उच्च सम्मान भिक्टोरिया क्रस अर्थात भीसी पाउने पहिलो परमबीर नेपाली कुलबीर थापाको जीवन कथामा आधारित चलचित्र गोर्खा बिनिथ द ब्रभरीले कुलबीर थापा साहसिक नेपाली योद्धा मात्र नभइकन कमलो मन भएको प्रभावशाली व्यक्तिको रुपमा चलचित्रले चित्रण गरेको छ। जुन यस चलचित्र को मूल कथावस्तु रहेको छ।

आई लाग्नेलाई जाई लाग्ने त जंग जाहेर कुरा हो तर, आई नलाग्नेहरुका लागि कुलबीर थापा बिपक्षका फौजी अर्थात सैनिक भएतापनि, ज्यान माफी छोड्ने एउटा उद्वार दिल भएको मान्छे भएको पनि चलचित्र गोर्खा बिनिथ द ब्रभरीले प्रमाणित गरेर पेश गरेको छ। जुन चलचिको अत्यन्त सफल पक्ष मान्न सकिन्छ।

युद्धमा दिन रात उज्याएको खुकुरी उचाल्दै आयो गोर्खाली भनेर चिच्याहतका साथ दुश्मनको शिर छप्काउने निडर यौध्दा त्यही शत्रु घाईते देख्दा उठेको खुकुरी भूइँमा धस्साएर, मद्दत गर्न पनि पछि नहट्ने कोमल हृदयको एक मानब पनि बन्छ यौद्धा। हुकुमको तामेल गर्नुु पर्ने बाध्यता त दुबै तर्फका सैनिकमा हुन्छ। युद्ध केका लागि र त्यहाँ किन लडिरहेका छन् ? बारुद्ध–गोला र गोलीको त्यो आतंक वीच एउटा शुन्यताले जन्माएको प्रश्न हो यो।

कुलबीर थापा शत्रुसंग लड्छ अनि भिड्छ चलाखीकासाथ लाशहरु बिच लुकेर बच्न सफल हुन्छ। सबैले छाडेका घाईते यौद्धा साथीलाई कठिन प्रयास गरेर जीउंदै शिबिरसम्म ल्याउने बहादुर काम गर्छ। लडाईको वीचमा आउने श्रीमती र परिवार सम्झनालाई निर्देशकले एक कुशल तरिकाले प्रस्तुत गरेको काम अर्को राम्रो पक्ष हो। त्यस्तै, संगीतकार विश्व शाहीको संगीत पक्ष पनि अति मार्मिक छ।

प्रदीप शाहीको लेखन तथा निर्देशनमा वनेको चलचित्र गोर्खाः बिनिथ द ब्रेभरी’ मा समीर गुरुङले भीसी कुलवीर थापाको भूमिका निर्वाह गरेका छन्। मैया अर्थात भीसीपत्नीको भूमिकामा गौमाया गुरुङ छिन् । त्यसैगरी, ओली बासी, सूर्य गुरुङ, राजन गुरुङ, अगोस्टिनो, रोबिन, चार्ली, ज्याक, लीलगायतले युद्ध मोर्चामा प्रत्यक्ष लडेका सेनाको भूमिका निभाएका छन् । सगरमाथा युथ यूके र वानआरजीआरको समेत अभिनयमा साथ छ।

प्रकाशन मिति–२०७८ साल कात्तिक ७ गते आइतवार ।