UK South East progm 6लण्डन। बर्षेनी क्रिसमसको पूर्वसन्ध्यामा लण्डनको साउथ इष्टमा क्रिसमस लाइट अन प्रोग्राम हुंदैआएको छ। उक्त कार्यक्रम यो बर्षपनि नेपाली कम्युनिटीकोतर्फवाट संपन्न भएको छ। साउथ इष्टको चर्चित नेपाली व्यापारी घरानिया भण्डारी ब्रदर्शको निम्तोमा आयोजित कार्यक्रमा नेपालवाट आएका प्रसिद्ध गायक आनन्द कार्कीको साथमा चलचित्र तीनघुम्तीका नायक ध्रुब दत्त, शिखर सन्तोष तथा अन्तरराष्ट्रिय नेपाली कलाकार संघ इनास–युकेका अध्यक्ष सनमकुमार बैरागको समेत उपस्थिति रहेको थियो।UK South East progm 1

UK South East progm 2कार्यक्रम निक्कै रोचक तथा मनोरंजक बनेको थियो। क्रिसमस लाइन अन गरेर क्रिसमसको स्वागत गरिएको बेग्लै कार्यक्रमले परदेशमा नेपालीहरुलाई एकजुट बनाउन अझ सहयोग गरेको सहभागीहरुले बताए। इस्वी संवतअनुसारको नयाँ बर्ष २०१६ को आगमनको अग्रिम शुभकामना तथा क्रिसमसको पनि एक अर्कालाई शुभकामना दिएर कार्यक्रमलाई भव्य–सभ्य ढंगवाट मनाइएको थियो

UK South East progm 4

UK South East progm 3

UK news Yadav Bhandariक्रिसमस लाइट अन कार्यक्रममा नेपाली कम्युनिटीबाट बर्षेनी सहभागिता जनाउंदै आएको एभरेष्ट इननका यादव भण्डारीले बताएका छन्। नेपाली कम्युनिटीले पनि यस कार्यक्रमलाई विशेष महत्व दिएर सहभागिता जनाउने कार्य गर्दैआएको भण्डारीको भनाई रहेको छ।

प्रकाशन मिति–२०७२ साल मंसिर २० गते आइतबार ।