लण्डन। एकपछि अर्को चलचित्रमा व्यस्त भइरहेका एक्सन नायक निखिल उप्रेतीको नयाँ चलचित्र किङ लण्डनमा प्रदर्शन हुने भएको छ । नेपालमा सफल प्रदर्शन भैसकेको यस चलचित्रलाई बेलायतमा चलचित्रकी निर्मात्री जुना श्रेष्ठ र लण्डनमा रहेका नेपालका प्रसिद्ध कलाकार मनिष कुमार श्रेष्ठको संयोजकत्वमा प्रर्दशन हुन लागेको हो।

चलचित्रमा वूलवीचको द ट्रामसेड थिएटरमा २६ नोवेम्बर आईतवार ६ः३० बजे प्रदर्शन गरिँदै छ। एक्सन किङको उपाधि पाएका नायक उप्रेतीको एक्सन नै एक्सनले भरिएको चलचित्र ‘किङ’ लाई सविर श्रेष्ठले निर्देशन गरेका छन्।

चलचित्रमा निखिलका साथमा अनुप विक्रम शाही र वेनिशा हमालको मुख्य भूमिका रहेको छ । जगन श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्रलाई जयन श्रेष्ठले निर्माण गरेका हुन् ।
प्रकाशन मिति–२०७४ साल मंसीर ५ गते बुधवार ।