लण्डन। पासा पुचः गुथि युकेको लण्डन शाखाले बेलायतमा सेप्टेम्बर ८ तारिखमा ऐतिहासिक नेपाली कथानक चलचित्र कीर्तिपुर प्रिमियर–शो गर्ने भएको छ।

प्रदीप खड्गीको निर्देशन रहेको यस चलचित्रमा कीर्तिलक्ष्मी नामक साहसी नारीले कसरी आफ्नो देश कीर्तिपुरलाई गोर्खाका राजा पृथ्वीनारायण शाहको आक्रमणबाट बचाउन भैरव सिंह भनिने पुरूष योद्धाको भेषमा युद्ध गरेको ऐतिहासिक तथ्यलाई चलचित्रले इंगित गरेको चलचित्र निर्माण युनिटले बताएको छ।

चलचित्र सोआस विश्वविद्यालयको डिजाम लेक्चर हल (Djam Lecture Theatre, SOAS University, Russel Square, London, WC1H 0XG) मा १३५ दर्शकहरूको माझ मध्यान्ह ३:०० बजे प्रदर्शन गरिनेछ। टिकटको लागि यहाँ सम्पर्क गर्न सकिनेछ – www.facebook.com/events/714531752228495

प्रकाशन मिति–२०७५ साल साउन २९ गते मंगलवार ।