काठमाडौं। सनम कुमार बैरागको निर्देशनमा निर्मित चलचित्र कैदीको–पत्रको बेलायतमा धमाधम डविङ कार्य भैरहेको छ। कोभिड–१९ को महामारीको कारण विगत एक बर्षदेखि रोकिएको चलचित्र कैदीको–पत्रको डविङ कार्य धमाधम भैरहेको हो।

निर्देशक बैरागका अनुसार, बेलायतको राजधानी लण्डन स्थित डु इट क्रियटिभ लिमिटेडको स्टुडियोमा नेपाली कथानक चलचित्र कैदीको–पत्रको स्वराँकन अर्थात डविङ कार्य भैरहेको हो। डविङ कार्य पनि अन्तिम चरणमा पुगिसकेको छ।

चलचित्र कैदीको–पत्र बेलायतमा नै आफ्नो जीवन समर्पित गरेका नेपाली साहित्यकार स्वर्गिय ईश्वर मानन्धरको कथा संग्रह कैदीको–पत्रमा आधारित चलचित्र कैदीको–पत्रको संपूर्ण छायाँकन बेलायतको स्कटल्याण्डमा संपन्न भएको हो।

४० दिनमा छायाँकन संपन्न भएको यस चलचित्रमा बेलायतमा नै रहेका नेपाली तथा विदेशी कलाकारहरुले अभिनय गरेको जानकारी निर्देशक बैरागले दिएका छन्। चलचित्र कैदीको–पत्रमा ३५ प्रतिशतभन्दा बढी अंग्रेजी भाषा रहेको छ। युवा पुस्ताको बर्तमान फिल्मी चासोलाई मध्यनजर गरेर चलचित्रको कथावस्तुअनुरुप अंग्रेजी भाषालाई पनि प्राथमिकता दिएको निर्देशक बैरागको भनाई छ।

भिजन संसार प्रा.लि.को व्यानरमा निर्माण अनि निर्देशक बैरागकै गीत, पटकथा तथा संवाद रहेको यस चलचित्रमा बेलायतका पूर्व नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीको समेत अभिनय रहेको छ। म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, सुबर्ण थापा, चरण प्रधान, मनिष कुमार श्रेष्ठ, सुस्मिता थापा लगायतका कलाकारहरुको विशेष अभिनय रहेको छ।

चाँडै निर्माण संपन्न गरेर रिलिजको तयारीमा रहेको चलचित्र कैदीको–पत्रमा स्वर भर्ने अर्थात डविङ गर्ने स्टारहरुको नामावाली यस प्रकार रहेको छ–
VOICE DUB
DURGA GURUNG
SHASHI KALA THAPA
GYANENDRA RAUT
BIKRAM JOSHI
SPENCER SIMMONS
SYARNOW WEBSSHE
MIRABEL STUART
JOHN PORTER NIW BOURGEUS
ROSHNI KARKI

Artist

KUNAL BISHWA
MADISON LAZARUS
PRITHVI RAJ KHATRY
SALINA THAPA MAGAR
SUBARNA THAPA
MANISH SHRESTHA
SUSHMITA THAPA
CARRIE DODDS
KIRAN KARKI
CHARAN PRADHAN
BIJETA SHRESTHA
FAUSTAS TALACKA
DR. DURGA BAHADUR SUBEDI
SHYAM LIMBU
KALINA SHRESHTA
PRASUNA KADEL
SURESH SHRESTHA
SIBONGILE PRADHAN
BIVIYA SHRESTHA
LAUREN WESTBURY
LAUREN
TAPASHYA SIWAKOTI
AKSHYA SHARMA
SUBASH SHARMA
SUNIL BHANDARI
KHEM RAJ NEPAL
SCOTT Mc MASTER
SCOTT COWLEY
STIVE DOUGLAS
SALINA BHATTARI
ABIGAIL MacArthur
ADRIAN BARBER
CAMERON ROBERTSON
ABEY
AKSHITA SHARMA
ANUJA LALL SHARMA
SALINA SHARMA
JOE
GIRISH SHARMA

Do it Creative Ltd. London.

प्रकाशन मिति–२०७८ साल असार २७ गते आइतवार ।