लण्डन। बेलायतको लण्डनको म्याडम तुसादमा बलिउड र हलिउडका चर्चित कलाकारको मैनको स्ट्याच्यू छ। यो म्यूजियममा पुग्ने अधिकांश दर्शकहरुले कलाकारको स्ट्याच्यूसँग तस्वीर खिचाएर खुशी व्यक्त गर्छन्। बलिउडका सुपरस्टारहरुको मैनको स्ट्याच्यू यहाँ देख्न पाइन्छ। यसैले म्याडम तुसाद विश्वमै पर्यटकिय दृष्टिकोणबाट प्रख्यात छ।

यसैविच, गत मंगलबार मात्र बलिउडकी चर्चित नायिका प्रियंका चोपडाको सेक्सी स्ट्याच्यू यहाँ राखिएको छ। यो स्ट्याच्यूको उद्घाटन हुँदा प्रियंका लण्डनमा थिइनन् । तर, यो मूर्ति हेर्दा उनी नै स्वयंम उभिएको जस्तो लाग्छ । यो मूर्ति सन् २०१७ मा उनले लगाएको गोल्डेन ग्लोबस लुकबाट प्रभावित छ। यसलाई गोल्ड गाउनमा तयार पारिएको छ।

नायिका चोपडाको लण्डनमा बल्ल स्ट्याच्यू लगाएपनि विश्वका विभिन्न संग्राहलयमा उनको मूर्ति भेट्न सकिन्छ । अमेरिकाको न्यूयोर्कदेखि सिंगापुरमा रहेको म्याडम तुसादमा उनको स्ट्याच्यू राखिएको छ। हलिउडमा प्रवेश गरेसँगै नायिका चोपडाको लोकप्रियता झनै बढेको छ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७६ साल असार ६ गते शुक्रवार ।