London Sahitya Gosthiकाठमाडौ। विश्व बाताबरण दिवसको अवसर पारेर लण्डनमा बृहत नेपाली साहित्य गोष्ठी संपन्न भएको छ। नेपाली साहित्यसँग सम्बन्धित बिभिन्न संस्थाको सहकार्यमा आयोजित उक्त कार्यक्रममा दर्जनौ स्रष्टाले प्रकृति तथा वातावरण संरक्षण सम्बन्धी कविता, गजल र मुक्तक वाचन गर्दै कार्यक्रमलाई कवितामय बनाएका थिए।

वातावरणीय असन्तुलनले गर्दा प्राकृतिक जीवन चक्रमा ह्रास आइरहेको बारे साहित्य मार्फत चेतना फैलाउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको जानकारी कार्यक्रम संयोजक विजय हितान मगरले दिएका थिए। मगरले वातावरण साहित्यमा लामो समयदेखि कलम चलाउँदै आएका छन्।

कार्यक्रमको आयोजना एन आर एन युके भाषा साहित्य बिभाग, विश्व साहित्य महासंघ युके, अनेसास युके,नेपाली साहित्य विकास परिषद, अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, मुक्तक प्रतिष्ठान, समकालीन साहित्य प्रतिष्ठान लगायतका संस्थाहरुको संयुक्त आयोजनामा भएको थियो।
प्रकाशन मिति–२०७३ साल जेठ २७ गते विहीवार ।