Mha Pooja in UK 2लण्डन। बेलायतको अग्रणी संस्था पासा पुचः गुठी युके साउथ इष्ट लण्डनको आयोजनामा यो बर्ष पनि भव्य तथा सभ्य रुपमा म्ह–पूजा कार्यक्रम हुने भएको छ। यही कात्तिक ३ गते शुक्रबार तदानुसार अक्टोबर २० तारिखका दिन मिचेल कम्युनिटी सेन्टरमा हुन लागेको हो।

नेपाल संवत अनुसारको नयाँ बर्ष ११३८ को शुभ–अवसरमा शुभकामना आदान–प्रदान सहितको भव्य अनि सभ्य आत्म–पूजा अर्थात म्ह पूजामा यो बर्ष एक सयजनाको सहभागिता हुने तथा त्यो भन्दा बढी पनि हुन सक्ने आयोजक संस्थाले भनेको छ। म्ह–पूजाको कार्यक्रममा लाखे नाच, कुमारी झाँकी, धिमे बाजा लगायत विविध सांस्कृतिक कार्यक्रम हुने जानकारी पनि आयोजक संस्थाले गराएको छ।

Mha Pooja in UK 1म्ह–पूजा कार्यक्रमको संयोजक माधवलाल श्रेष्ठ रहेका छन्। आयोजक संस्था पासा पुचः गुठी युके साउथ इष्ट लण्डनको सभापति सुशील प्रजापति र महासचिव नगेन्द्र श्रेष्ठ रहेका छन्।

प्रकाशन मिति–२०७४ साल असोज २४ गते मंगलवार ।