लण्डन। नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधव कुमार नेपाल लण्डन आइपुगेका छन्। नेता नेपाल वेलायतस्थित नेपालीहरुको सबै भन्दा पुरानो संस्था यती नेपाली एशोसिएसनको आयोजनामा लण्डनमा हुने विशेष कार्यक्रममा सहभागी हुन बेलायत आएका हुन्।

नेपालको दुर्गमका बालबालिकाको स्वस्थ्य र शिक्षामा सहयोग गर्ने उदेश्यले आयोजना हुने सो च्यारिटी कार्यक्रममा सहभागी हुन् गायक हेमन्त मोक्तान, हांस्य कलाकार मनोज गजुरेल र मोडल मरिस्का पोखरेलसमेत विहीबार साँझ लण्डन आइपुगेका छन्।

Mr.Madhav Kumar Nepal

नेता नेपाल विमानस्थल आइपुग्दा वेलायतका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर क्षेत्री, प्रवासी नेपाली मञ्चका निर्वतमान अध्यक्ष रामशरण सिमखडा, कार्यक्रम संयोजक तथा यती नेपाली एशोसियसन युकेका पूर्वअध्यक्ष उमेश मोक्तान, गैरआवासीय नेपाली संघ युकेका पदाधिकारी लगायतले संयुक्त रुपमा स्वागत गरेका थिए।

यती नेपाली एशोसिएसन युकेका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक उमेश मोक्तानका अनुसार नेता नेपालले शनिबार ग्रीनफोर्ड टाउनहलमा हुने च्यारिटी कार्यक्रमलाई सम्बोधन गर्ने छन्।
प्रकाशन मिति–२०७५ साल कात्तिक ३० गते शुक्रबार ।
–––