SHIVA-AND-SHARMILAलण्डन/ चर्चित गायक शिब परियार र गायिका शर्मिला बर्देवाले यही मे २७ मा लण्डनको हाउन्सलोमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् । रेडियो राहिनो र अन्सु इन्टरटेनमेन्टले संयुक्त रुपमा हाउन्सलोको फेल्थाम कम्मुनिटी कलेजमा ‘शिव र शर्मिलासंग एक साँझ” आयोजना गर्न लागेको हो।

Shiva Pariyarनेपाली नयाँ वर्ष मनाउने क्रममा बेलायत आएका शिब परियारले विभिन्न शहरहरुमा आफ्नो प्रस्तुति दिएका छन् । केही साताअघि मात्र पोल्याण्डमा भएको कन्सर्ट सकेर बेलायत आई पुगेका शिबले लण्डनका श्रोताहरुई कार्यक्रममा आउन आग्रह गरेकाछन् ।

आफ्ना चर्चित गजलहरुका साथ आधुनिक गीतहरु पनि गाउने बताउँदै शिबले लण्डनमा यस वर्ष यो अन्तिम शो हुने जानकारी दिए । ‘पागल बनायौ प्रिय’, ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’, ‘क्या दामी भो’, ‘अलिकति नजर तिम्रो’ लगायतका उत्कृष्ठ गीतहरु गाउने छन् ।

Sharmila Bardewsयसैगरी सपरिवार लण्डनमा बसोबास गर्दै आएकी गायिका शर्मिला बर्देवाले पनि आफ्नो चर्चित गीतहरु, आँखैमा झल्झली, फूलको जवाफ, तस्बीरमै यस्तो जस्ता सुमधुर गीतहरु को साथै नयाँ गीत पनि प्रस्तुत गर्ने बताईन् ।

कार्यक्रमको उद्घोषण भने मिस यू के नेपाल २०१३ कि बिजेता दुर्गा गुरुङले गर्ने भएकी छिन् । नेपाली मौलिक परम्परागत नृत्य र डीजे चांदको बिशेष सेस्सन कार्यक्रमका बिसेष आकर्षण हुने आयोजकले जनाए।

प्रकाशन मिति–२०७३ साल जेठ १३ गते विहीवार ।