लण्डन। समाचार र मनोरंजनको माध्यम भिजन संसार डट कमको प्रस्तुतिमा अग्रज रंगकर्मी सनम कुमार बैरागको लेखन र आषिश पन्तको निर्देशनमा हाँस्य –श्रृंंखला चित्र-बिचित्र को निर्माण प्रारम्भ भएको छ। नोभेम्बर २६ का दिन लण्डनको सड्बरी स्थित तमु समाज युकेको प्रांगनमा यस हाँस्य–श्रृंखलाको छायाँकन भएको हो।

समाजमा मानवको देखिने चित्र एउटा र त्यसले गर्ने चर्तिकला बिचित्र हुने गरेको विषय बस्तुलाई यस हाँस्य–श्रृंखलाले उत्थान गर्ने भएको छ। जुन हेरेर दर्शकले मनोरंजनको साथमा सन्देश पनि पाउने लेखक बैरागको दावी रहेको छ। यस हाँस्य–श्रृंखला चित्र– बिचित्रलाई भिजन संसार डटकमको युट्यूव मार्फत विश्वभर एकसाथ रिलिज हुने भएको छ।

बेलायतमा अत्यन्त चर्चाको शिखरमा रहेको दुई नाटक समय दृष्य र जीगिषाका लेखक तथा निर्देशक सनम कुमार बैरागको यो अर्को उत्कृष्ट लेखन तथा प्रस्तुति हुने बताइएको छ। दस वर्ष अघि देउराली टिभि टुक्रा–टुक्रि मार्फत जोडी भएर समाजमा प्रस्तुत भएका साथी आषिश पन्तसंग आफ्नो बिचारधारा मिल्ने भएकोले पुनः समाजको लागि केही उत्कृष्ट प्रस्तुति दिन निर्देशनको अभिभारा सुम्पेको जानकारी पनि बैरागले दिएका छन्।

प्रशुना कंडेल, सुरेश श्रेष्ठ, राजदीप राई, निश्चल र पत्रकार शिव भण्डारीको अभिनय रहेको चित्र–बिचित्रको पहिलो श्रृंखला क्रिशमसको बेला भिजन संसार डट कम मार्फत यु–ट्यूवमा रिलिज हुने लेखक बैरागले भनेका छन्।

प्रकाशन मिति–२०७४ साल मंंसीर १२ गते मंगलवार ।