काठमाडौ। लब इन चाइना बोर्डर निर्देशन गरेर डि–सिने अवार्डमा क्रिटिक्स अवार्ड प्राप्त गरेका ख्यातिप्राप्त निर्देशक उदय सुब्बाले चलचित्र अग्निवाट नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड पनि हात पारिसकेका छन्।

एक पछि अर्को राम्रो चलचित्र निर्देशन गर्दैआएका निर्देशक सुब्बा यतिखेर नयाँ चलचित्र बाँच्न चाहनेको लेखनमा व्यस्त बनेका छन्। ललितपुरको हरिसिद्धी स्थित हाइट डाँडा निवासमा सुब्बा चलचित्र बाँच्न चाहनेको लेखनमा मनमगन भएर व्यस्त बनिरहेका छन्।

यही दशैंको लगतै छायाँकन गर्ने सोच र योजना मुताविक कही–कतै टाइम नदिइकन घरैकै एकान्त कोठामा मस्त बनेर चलचित्र बाँच्न चाहने लेखनमा नै व्यस्त बनिरहेको पाइयो। भिजन संसार डटकम निर्देशक सुब्बाको निवास हरिसिद्धी डाँडामा नै पुग्दा लेखनमा सुब्बा व्यस्त भएको पाइयो।

चलचित्र बाहेक कुनै इलम नभएको र चलचित्र नै आफ्नो मूल इलम भएको बताउंदै चलचित्र क्रान्तिको डीभीडीको कमाईवाट हरिसिद्धीमा घर बनाएको दिल खोलेर निर्देशक सुब्बाले भिजन संसार डटकमलाई बताएका छन्।

विगत पच्चीस बर्षदेखि निरन्तर चलचित्र क्षेत्रमा एक्टिङ,फाइट डाइरेक्सन, डाइरेक्सन तथा फिल्म प्रोडक्सनमा क्रियाशील सुब्बा फिल्म नै जिन्दगी भएको भन्छन्। फिल्मलाइन आफ्नो भगवान नै भएको जिकिर सुब्बाको रहेको छ।
प्रकाशन मिति–२०७५ साल भदौ १० गते आइतवार।