लमजुङ। स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १ सय ६० औं रक्तदान गरेका छन्।

शनिवारलमजुङ जिल्ला सामुदायिक अस्पताल बेसिशहर लमजुङमा आयोजित विशेष कार्यक्रममा रेकर्डेट रक्तदाता कर्माचार्यले १ सय ६० औं रक्तदान गरेका छन्। नेपाल स्वयंसेवी रक्तदाता समाज लमजुङ जिल्ला शाखाको बिशेष आयोजनामा भएको रक्तदान कार्यक्रममा विशेष रक्तदान गर्न कर्माचार्य काठमाडौंवाट आएका हुन्।

नेपाल स्वयंसेवी रक्तदाता समाज लमजुङ जिल्ला शाखाध्यक्ष सुरेश प्रधानको सभापतित्वमा संचालित सो कार्यक्रममा अस्पतालका मे.सु.डा.दया पन्त,खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रधान, लमजुङ जिल्ला सामुदायिक अस्पताल प्रमुख हेमन्त श्रेष्ठ, मर्स्याङ्गदी बहुमुखी क्याम्पसका प्राध्यापक जनक बस्नेत, डा.सबिन यादव, डा.शरण लिम्बू लगायतको उत्साहजनक सहभागीता रहेको थियो।


प्रकाशन मिति–२०७६ साल मंसीर १४ गते शनिवार ।