बेसीशहर। लमजुङमा आज आइतबार अपरान्ह भूकम्प गएको छ। अपरान्ह ४ बजेर १ मिनेटको समयमा ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको हो।

लमजुङको सदरमुकाम बेसीशहरदेखि ४ किलोमिटर उत्तर पश्चिमको सिम्पानीमा केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

बेसीशहरमा छोटो तर कडा झड्का महसुस भएको थियो। उत्तरको बाहुनडाँडादेखी दक्षिणको सुन्दरबजारसम्म भुकम्पको धक्का महसुस भएको स्थानीयले बताएका छन्।

भूकम्पबाट जनजीवनमा कुनै प्रभाव नपरेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले भनेका छन्।
प्रकाशन मिति–२०७५ साल पुस २९ गते आइतवार ।