lamjung-crash-6काठमाडौ। नेपालको पश्चिमी मनोरम जिल्ला लमजुङ्गमा बुधवार राति परेको भीषण बर्षासंगै आएको बाढी तथा पहिरोले ठूलो मात्रामा भौतिक क्षति भएको छ। बाढी–पहिरोले गर्दा लमजुङ्ग बेसीशहर–मनाङ्ग चामे सडक अवरुद्ध बनेको छ। बेसीशहरको सहजी नजिकको पुमाखोलामा बाढी उर्लिदा त्यहाँको सडक नै बगाएको छ।

lamjung-crash-5

मनाङ्गे चौतारा र सातविसेवाट जाने दुवै सडक बगाएपछि मनाङ्ग तथा उत्तरी लमजुङ्ग जाने सवै सवारी साधन बेसीशहरमा नै रोकिएका छन्। १२ बर्षपछि यति ठूलो मात्रामा पुमाखोला उर्लिएको हो। त्यसैगरेर चण्डीस्थान अक्करखोलाको उत्तिसघारीमा पनि पहिरो गएको छ। मनाङ्ग जाने बाटोमा स–सानो पहिरो गएकाले त्यसतर्फपनि अवरोध खडा भएको छ।

lamjung-crash-3तिमाङ्ग खोलामा पनि बाढी बढेपछि त्यहांको बाटो पनि अवरुद्ध बनेको छ। लमजुङ्गका प्राय ग्रामिण भेगका सवै सडक अवरुछ बनेको छ।बेसीसहर–गाउँसहर, सुन्दरबजार–दुराडाँडा लगायत ग्रामीण भेग चल्ने प्राय: ग्रामीण सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् । रातिदेखि अवरुद्ध बेसीसहर–डुम्रे सडक भने आंशिक खुलेको छ ।

lamjung-crash-1

बेसीसहर नजिकै मजुवा खोलामा गएको पहिरोलाई प्रहरी र स्थानीयले पन्छाएर एकतर्फी सवारी साधन सञ्चालनमा ल्याएका छन् । भकुण्डेको खहरेखोलाको बाढीले ल्याएको ढुंगामाटोलाई डोजरले पन्छाएपछि ठूला सवारी आवागमन भएको र माइक्रोबस, मोटरसाइकल भने सहज रुपमा सञ्चालन हुन नसकेको स्थानीयले बताए। बेसीसहरको सहजीस्थित बसपार्क र खेलमैदानमा पनि बाढी पसेपछि समस्या पारेको छ।

धुसेनीको कोइरालाफाँटमा पाउँदी नदीले कटान गर्दा करीब २ सय थान ग्याविनमा क्षति पुग्नुका साथै ८० रोपनी बढी खेत पुरेको स्थानीयले बताए। बाढी र पहिरोले खानेपानी र पाइपहरु बगाएको छ।
प्रकाशन मिति–२०७३ साल भदौ २३ गते विहीवार ।