काठमाडौं। विसं.२०७५ सालमा पन्ध्र हजार माथि उडिरहेको हेलिकप्टरवाट कराँते खेलको ब्लाँक बेल्ट ड्रेस लगाएर स्काइ ड्राइभ गरेर गिनिज बुक अफ World रेकर्ड राख्न सफल कीर्तिमानी खेलाडी गौतम खातीले यसअघि दर्जनौ दर्जन गीतका म्युजिक भिडियोहरुमा अभिनय गरेर बेग्लै उचाई कायम गरिसकेका छन्।

यिनै कराँते खेलका ब्लाँक बेल्ट उपाधि प्राप्त इन्टरनेशनल नेपाली खेलाडी तथा कराँतेका कुशल नेपाली प्रशिक्षक गौतम खाती अभिनिति मर्मस्पशी लोकभाकाको लमजुङ मेरो घर बोलको गीतको भिडियो बडादशैंको अवसरमा सार्वजनिक भएको छ।

अभिनेता खातीका साथमा अभिनेत्री अस्मिता रणपालको विशेष अभिनय रहेको छ। विनोद बमको निर्देशन रहेको यस गीतमा गायक राजु परियारको गायन रहेको छ। त्यस्तै पदम विश्वकर्माको शव्द तथा राजेश थापाको संगीत रहेको छ। स्वदेशमा रोजगारी नभएर नचाहेर पनि परदेश जानु परेको पीडा लमजुङ मेरो घरमा रहेको छ। जसमा मार्मिक तथा यथार्थवादी अभिनय अभिनेता खातीको छ।

प्रकाशन मिति–२०७९ साल असोज १९ गते बुधवार ।